बुद्ध एयरको जहाज उडाउने तयारी पुरा

राजविराज राजविराज
|
बिहिबार, माघ ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा

सारांश

  •     राजविराजस्थित उधोग बाणिज्य संघ सप्तरीको सभाकक्षमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध एयरलाइन्स विमान कम्पनी राजविराजका स्टेशन इन्चार्ज अनिल राजबंशीले सो जानकारी गराएका हुन् ।
  •       पत्रकार सम्मेलनमा स्टेशन इन्र्चाज राजवंशीले सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लक्षित गरेर थालिएको उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको जानकारी दिए ।
  •     नियमित उडान सेवाले पर्यटन प्रर्वद्धनका साथै भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
    आउँदो माघ १८ गते शनिवारदेखी राजविराजबाट बुद्ध एयरले नियमित उडान गर्ने सम्पूर्ण तयारी पुरा गरेको छ । बुद्ध एयरले साताको सातै दिन उडान भर्ने तयारी गरेको छ । 
    राजविराजस्थित उधोग बाणिज्य संघ सप्तरीको सभाकक्षमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध एयरलाइन्स विमान कम्पनी राजविराजका स्टेशन इन्चार्ज अनिल राजबंशीले सो जानकारी गराएका हुन् । 
    पत्रकार सम्मेलनमा स्टेशन इन्र्चाज राजवंशीले सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लक्षित गरेर थालिएको उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको जानकारी दिए ।
    नियमित उडान सेवाले पर्यटन प्रर्वद्धनका साथै भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । 
    पत्रकार सम्मेलन सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले बुद्ध एयरले साताको सातै दिन उडान सेवा संचालन गर्दा जिल्लाको विकासमा समेत सकारात्मक परिर्वतन ल्याउने भन्दै उडानको पहिलो दिन राजविराज विमानस्थलमा पाइलट तथा दलका अन्य सदस्य तथा बुद्ध एयरका संचालकहरुलाई उधोगी व्यवसायीहरुको तर्फबाट भब्य स्वागत गर्ने तयारी गरिएको जानकारी दिए । 
    उनले नियमित उडानको खबरले सप्तरीवासी मात्र नभई छिमेकी, सुनसरी, सिरहा, उदयपुर र सिमावर्ती भारतीय क्षेत्रका यात्रु पनि उत्साहित भएको भन्दै यसले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि निकै टेवा पु¥याउने विश्वास व्यक्त गरे । 
    यसअघि श्री एयरलाईन्सले साताको तीन दिन उडान सेवा दिदै आएकोमा बुद्ध एयरले भने साताका सबै दिन एक÷एक वटा उडान गर्ने भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार