माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 

राजविराज राजविराज
|
मंगलबार, पौष २९, २०७६
|
|
९४ पटक हेरिएको
Shares
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन,  वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 

सारांश

  •     गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन ।
  •       सोमबार गाउँपालिकाको कार्यालयमा भएको वार्तामा ती माँगहरु बारे प्रमुख प्रशासकीय अधिृकत र वडा अध्यक्ष तथा सदस्यहरुले लिखित प्रतिबद्धता जनाए पनि सो क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थ्तिि भने थिएन् ।
  •       गाउँ परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १५ दिनदेखी जारि धर्ना कार्यक्रम मंगलबारदेखी स्थगन भएको छ । 
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन । 
    सोमबार गाउँपालिकाको कार्यालयमा भएको वार्तामा ती माँगहरु बारे प्रमुख प्रशासकीय अधिृकत र वडा अध्यक्ष तथा सदस्यहरुले लिखित प्रतिबद्धता जनाए पनि सो क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थ्तिि भने थिएन् ।  
    गाउँ परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको थियो । यसअघि ती माँग मध्ये गत बिहीबार धर्ना कार्यक्रमकै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको थियो । 
    विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले बिहान १० बजेदेखी १ बजेसम्म धर्ना दिँदै आएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सहिद परिवारलाई सहयोग जुट्दै
सहिद परिवारलाई सहयोग जुट्दै
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक