दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
जनता समाजवादी पार्टी नेपालका नेता दिपक कुमार यादव (टुटु बाबु) को बुधबार निधन भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारजनले जनाएको छ ।
महादेवा गाउँपालिकाको निर्वतमान अध्यक्ष एवं जसपा नेपालको केन्द्रिय सल्लाहकार समितीका सदस्य समेत रहेका उनी केही समय यता अस्वस्थ भई उपचारका लागी विराटनगर पुगेका थिए । उनको निधनले जसपा नेपालमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणिय क्षती पुगेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहद्वारा जारी शोक विञप्तीमा उल्लेख छ ।
उनको पार्थिक शरिर बुधवार नै गाउँमा ल्याइएको तथा घरमा धार्मिक संस्कार तथा अन्तिम श्रद्धाञ्जली लगायतका कार्यक्रम सकाएर विहीवार अन्त्येष्ठि कार्यक्रम गरिने छोरा अभिनवले जानकारी दिए ।
बुधवार नै जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पनि शोक वक्तब्य जारी गर्दै यादवको निधनले पार्टीले एउटा अभिभावक गुमाएको जनाएको छ ।
जसपा नेपालका नेता दिपक यादवको निधन
सारांश
- सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारजनले जनाएको छ ।
- महादेवा गाउँपालिकाको निर्वतमान अध्यक्ष एवं जसपा नेपालको केन्द्रिय सल्लाहकार समितीका सदस्य समेत रहेका उनी केही समय यता अस्वस्थ भई उपचारका लागी विराटनगर पुगेका थिए ।
- उनको निधनले जसपा नेपालमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणिय क्षती पुगेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहद्वारा जारी शोक विञप्तीमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया