सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन

राजविराज राजविराज
|
मंगलबार, माघ १५, २०८१
|
|
४० पटक हेरिएको
Shares
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन

सारांश

  •     राजविराज नगरपालिकाले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा पुनले सरकारले चासो नदिए पछि बिरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि मैले आफ्नै स्तरबाट प्रयास थालेको छु भन्दै पुनले यसै कार्यको लागि मैले मेरै आत्मकथा लेखेर अहिले देश भरि नै घुमेर बिक्री गर्ने अभियान थालेको बताएका छन ।
  •     ४०औं जिल्लाको रुपमा सप्तरी आइपुगेको र यहाँ उत्साहजनक बाताबरण नभएको भन्दै पुनले अहिले सम्म सवा लाख पुस्तक बेचेर ९ करोड़ सम्म रुपैयाँ जम्मा भएको र सो रकम कारखाना सञ्चालनको लागि मेशिन मर्मतमा लगाई सकिएको बताएका छन ।
  •       कुल ३ लाख किताब बेच्ने र सोबाट आउने लगभग २२ करोड रुपैयाले कारखाना सूचारु हुने जानकारी दिंदै पुनले कारखानाबाट अहिले प्रारम्भिक चरणमा कृषकहरुलाई बजार भन्दा सस्तो मोलमा आवश्यक पर्ने साना औजारहरुको निर्माण प्रारम्भ भईसकेको बताए ।

सतिश कुमार
राजविराज, १५ माघ ।

    देशकोे विकास गर्नु राज्यको मात्रै होइन नागरिकको पनि दायित्व हो, हामी सबैले देशको लागि सोच्नु पर्छ । उक्त कथन नेपालकै लब्ध प्रतिष्ठित बैज्ञानिक महाबीर पुनको हो ।
    राजविराज नगरपालिकाले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा पुनले सरकारले चासो नदिए पछि बिरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि मैले आफ्नै स्तरबाट प्रयास थालेको छु भन्दै पुनले यसै कार्यको लागि मैले मेरै आत्मकथा लेखेर अहिले देश भरि नै घुमेर बिक्री गर्ने अभियान थालेको बताएका छन ।
    ४०औं जिल्लाको रुपमा सप्तरी आइपुगेको र यहाँ उत्साहजनक बाताबरण नभएको भन्दै पुनले अहिले सम्म सवा लाख पुस्तक बेचेर ९ करोड़ सम्म रुपैयाँ जम्मा भएको र सो रकम कारखाना सञ्चालनको लागि मेशिन मर्मतमा लगाई सकिएको बताएका छन । 
    कुल ३ लाख किताब बेच्ने र सोबाट आउने लगभग २२ करोड रुपैयाले कारखाना सूचारु हुने जानकारी दिंदै पुनले कारखानाबाट अहिले प्रारम्भिक चरणमा कृषकहरुलाई बजार भन्दा सस्तो मोलमा आवश्यक पर्ने साना औजारहरुको निर्माण प्रारम्भ भईसकेको बताए ।
    नेपाल सरकारले २०७९ साल भदौमै राष्ट्रिय अविष्कार केन्द्रसँग बिरगञ्ज कृषि औजार कारखाना सञ्चालनको लागि समझौता गरे पनि अहिले सम्म केही नगरेको तथा संघीय वा प्रदेश सरकार कसैले पनि चासो नदेखाएकै कारण किसानहरुको खुशी र देशको लागी केही गरौं भन्ने भावनाले मैले यो कदम चालेको बताउँदै पुनले सामान्य किसानहरुको उन्नती र प्रगतिको लागि स्थानीय सरकारले पनि उद्योग सञ्चालनमा सहयोगको लागि किताब किनी दिनु पर्ने आवश्यकता रहेको बताए ।
    कार्यक्रममा अध्यक्षता गर्नु भएकी राजविराज नगर पालिकाका कार्यवाहक नगर प्रमुख ईशरत परवीनले समग्र किसान कै हित हुने उद्देश्य लिएर थालिएको यस कार्यमा आफ्नो पालिकाले पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै १ लाख बराबरको किताब राजविराज नगरपालिकाले किनि दिने घोषणा गरिन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर
टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ