दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र नारायण देवले संसदीय क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त रकम मध्ये महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि दिइने भनिएको ६ करोड रकम कसैको व्यक्तिगत निर्णय नभई संयुक्त निर्णय भएको स्पष्ट पारेका छन् ।
अघिल्लो दिन उपप्रधानमन्त्री एवं जनसंख्या तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संसदीय विकास कोषबाट इन्जिनियरिङ्ग कार्यक्रमका लागि ६ करोड रकम दिने घोषणा गरेका थिए ।
इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि ६ करोड रकम बिनियोजित हुनु धेरै खुशीको कुरा भए पनि उपप्रधान मन्त्री यादवले आफ्नो व्यक्तिगत कोषबाट मात्र सो रकम दिइएको भनी समाजवादी पार्टीका केही नेताले प्रचार गर्नु घोर आपत्तिजनक भएको भन्दै उनले आइतबार एक प्रेस विज्ञप्तिमार्फत असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
उक्त कोषबाट आफू र अर्का संघीय सांसद दुलारी देवी खंगको कोषबाट समेत बिनियोजित रकमबाट सामूहिक निर्णय गरि रकम दिने निर्णय भएको उनले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन् ।
उनले विज्ञप्ति मार्फत उक्त झुठो प्रचारबाजीको घोर निन्दा गर्दै गहिरो खेद समेत प्रकट गरेका छन् ।
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
सारांश
- अघिल्लो दिन उपप्रधानमन्त्री एवं जनसंख्या तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संसदीय विकास कोषबाट इन्जिनियरिङ्ग कार्यक्रमका लागि ६ करोड रकम दिने घोषणा गरेका थिए ।
- इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि ६ करोड रकम बिनियोजित हुनु धेरै खुशीको कुरा भए पनि उपप्रधान मन्त्री यादवले आफ्नो व्यक्तिगत कोषबाट मात्र सो रकम दिइएको भनी समाजवादी पार्टीका केही नेताले प्रचार गर्नु घोर आपत्तिजनक भएको भन्दै उनले आइतबार एक प्रेस विज्ञप्तिमार्फत असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
- उक्त कोषबाट आफू र अर्का संघीय सांसद दुलारी देवी खंगको कोषबाट समेत बिनियोजित रकमबाट सामूहिक निर्णय गरि रकम दिने निर्णय भएको उनले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया