पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १२, २०७८
|
|
४९ पटक हेरिएको
Shares
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

सारांश

  •     राष्ट्रिय योजना आयोग, विश्व खाध कार्यक्रमको सहकार्यमा प्रदेश नीति, तथा योजना आयोगले विश्व खाध कार्यक्रम र युके सरकारको जलवायु कार्यालयको सहकार्य तथा जिससको समन्वयमा सप्तरीका ९ वटा स्थानिय तहसँग सो गोष्ठीको आयोजना गरिएको हो ।
  •     सप्तरीमा खाध सुरक्षाको अबस्था, जिविकोपार्जन क्षेत्रको पहिचान, जलवायु परिवर्तन, बिपतको घटना सम्बन्धमा पालिका स्तरिय जानकारी लिनु सँगै तथ्यांक चित्रण गरी नीति निर्माण तथा कार्यक्रम बनाएर लागू गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको विश्व खाध कार्यक्रम (डब्लुएफपी) प्रदेश २ का संयोजक कृष्ण माझीले जानकारी दिएका छन ।
  •     पालिका स्तरमा क्लाईमेट अनुसार खाध सुरक्षाको अभावसँगै जिविकोपार्जनका लागि पालिकाको २५ प्रतिशत घरधुरी सलग्न रहेको क्षेत्रमा जिविकोपार्जन सम्बन्धी कार्यक्रम संचालन गर्ने प्रदेश संयोजक माझीले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
    जीवन पद्वति, जलवायु जन्य, जोखिम उत्थानशिलता तथा खाध सुरक्षा बिचको अन्तरसम्बन्ध विश्लेषण कार्यका लागि एक दिने अन्तरक्रिया गोष्ठी शुक्रबार राजविराजमा सम्पन्न भएकोछ । 
    राष्ट्रिय योजना आयोग, विश्व खाध कार्यक्रमको सहकार्यमा प्रदेश नीति, तथा योजना आयोगले विश्व खाध कार्यक्रम र युके सरकारको जलवायु कार्यालयको सहकार्य तथा जिससको समन्वयमा सप्तरीका ९ वटा स्थानिय तहसँग सो गोष्ठीको आयोजना गरिएको हो ।
    सप्तरीमा खाध सुरक्षाको अबस्था, जिविकोपार्जन क्षेत्रको पहिचान, जलवायु परिवर्तन, बिपतको घटना सम्बन्धमा पालिका स्तरिय जानकारी लिनु सँगै तथ्यांक चित्रण गरी नीति निर्माण तथा कार्यक्रम बनाएर लागू गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको विश्व खाध कार्यक्रम (डब्लुएफपी) प्रदेश २ का संयोजक कृष्ण माझीले जानकारी दिएका छन ।
    पालिका स्तरमा क्लाईमेट अनुसार खाध सुरक्षाको अभावसँगै जिविकोपार्जनका लागि पालिकाको २५ प्रतिशत घरधुरी सलग्न रहेको क्षेत्रमा जिविकोपार्जन सम्बन्धी कार्यक्रम संचालन गर्ने प्रदेश संयोजक माझीले बताए ।
    उक्त अवसरमा जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादबले कृषि प्रधान देश भनिएपनि कृषिमा लगानी सँगै किसानको खाधको सुरक्षाको ग्यारन्टी र बजारीकरण नभएको कारण किसान मारमा परेको उल्लेख गरे । 
    यसैगरी कृषि ज्ञान केन्द्र राजबिराजका प्रमुख राजेन्द्र प्रसाद यादबले  संघिय, प्रदेश र स्थानिय सरकारको नीति र नियत ठिक नभएको कारण देश कृषिमा बिकास गर्न नसकेको आरोप लगाए । 
    जिसस प्रमुख प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा राजबिराज नगर उपप्रमुख साधना झा, खाध सुरक्षा कार्यक्रम प्रदेश १ का संयोजक लक्ष्मी चौधरी र प्रदेश ३ का राजु क्षेत्री लगायतले खाध सुरक्षा सँगै जिविकोपार्जन गर्न ठोस नीति तथा कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
    उक्त गोष्ठीमा तिलाठी कोईलाडी गाउपालिका, राजबिराज नगरपालिका, महदेवा गाउपालिका, डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका, राजगढ गाउपालिका लगायत ९ वटा पालिकाका उपप्रमुख, बिपत, कृषि, स्वास्थ शाखाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
दुई दिने श्याम महोत्सव सुरु
दुई दिने श्याम महोत्सव सुरु
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन