दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको दुई लाख भन्दा बढी मुल्य बराबरको विभिन्न कपडा र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार गस्ती गर्ने क्रममा राजबिराज नगरपालिका वडा नं. १६ बोरिया सडक खण्डस्थित उक्त मुल्य बराबरको कपडा र मोटरासइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
राजबिराजतर्फ आउदै गरेको जिल्लाकै राजगढ गाउँपालिका ३ निवासी १९ वर्षिय प्रेम कुमार साहले चलाइरहेको स.९प.२५६७ नम्बर मोटरसाईकल र त्यसमा सवार सोही स्थान निवासी १८ संतोष कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा रहेको प्लाष्टिकको बोरालाई चेकजाँच गर्दा बोराभित्र बिभिन्न कपडाहरु फेला परेको हो । ती कपडाको मुल्य २ लाख ६२ हजार ३ सय ३० रुपैया रहेको प्रहरीले जनाएको छ ।
बरारामद बिभिन्न कपडा, मोटरसाइकल र दुबै जनालाई नियन्त्रणमा लिई प्रहरी टोलीले आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाएको जनाएको छ ।
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार गस्ती गर्ने क्रममा राजबिराज नगरपालिका वडा नं.
- १६ बोरिया सडक खण्डस्थित उक्त मुल्य बराबरको कपडा र मोटरासइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
- राजबिराजतर्फ आउदै गरेको जिल्लाकै राजगढ गाउँपालिका ३ निवासी १९ वर्षिय प्रेम कुमार साहले चलाइरहेको स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया