दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको छ ।
कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् ।
यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा हालसम्म भेटिएका १ सय २१ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय जना संक्रमित आइसोलेशनमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र बोदेबर्साइन नगरपालिकाका ३ गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सबै संक्रमितलाई साईकृष्णा अस्पतालको आइसोलेशनमा राखी उपचार व्यवस्था मिलाइएको छ ।
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सारांश
- कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् ।
- यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया