दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको छ ।
कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् ।
यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा हालसम्म भेटिएका १ सय २१ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय जना संक्रमित आइसोलेशनमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका ६ र बोदेबर्साइन नगरपालिकाका ३ गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सबै संक्रमितलाई साईकृष्णा अस्पतालको आइसोलेशनमा राखी उपचार व्यवस्था मिलाइएको छ ।
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सारांश
- कोरोना संक्रमण भई राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा रहेका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा एक जना सुरक्षाकर्मीसहित बादेबसाईन नगरपालिकाका ८, राजविराज नगरपालिकाका ४, बलानबिहुल गाउँपालिकाका २ तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि १७ जना रहेका छन् ।
- यता बिहीबारै सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया