दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
सप्तरीमा कोरोना संक्रमणबाट शनिबार राती एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै ती महिलाको मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
राजविराज नगरपालिका २ निवासी ६० वर्षिया महिला स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा शुक्रबार साँझ भर्ना भएकी थिइन् । उनलाई थप उपचारका लागि शनिबार साँझ बिराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।
ज्वरो तथा स्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार साँझ उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरि उपचार सुरु गरिएको थियो । कोरोनाको लक्षणसमेत देखिएपछि उनको पिसिआर परिक्षण गर्दा शनिबार राती ८ बजे तिर प्राप्त रिपोर्टले उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
डा. झाका अनुसार कोरोनाबाट मृत्यु हुने ती जिल्लाकै पहिलो महिला हुन् । यसअघि कोरोनाबाट मृत्यु भएका पाँचै जना पुरुष थिए ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएकी ती महिलाको आइतबार बिहान सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर सप्तकोशी किनारमा शव व्यवस्थापन गरिएको छ ।
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
सारांश
- राजविराज नगरपालिका २ निवासी ६० वर्षिया महिला स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा शुक्रबार साँझ भर्ना भएकी थिइन् ।
- उनलाई थप उपचारका लागि शनिबार साँझ बिराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.
- रन्जित झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया