दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
घास काटेको निहुँमा एक दलित महिलालाई निर्घात कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको भन्दै शुक्रबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पातो बजारमा बिरोध प्रदर्शन गरिएको छ ।
दुई दिनअघि आफ्नो जग्गामा रहेको घास काटेको आरोपमा डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले सोही नगरपालिकाको वडा नं. ५ निवासी २८ वर्षिया गितादेवी सदालाई निर्घात कुटपिट गरेको स्थानियको आरोप छ ।
कुटपिटबाट घाइते भएकी सदाको अहिले पनि पातोस्थित युके मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनाको दुई दिन बितिसक्दा पनि कुटपिटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै पीडित महिलाका आफन्त तथा स्थानिय प्रदर्शनमा उत्रिएका हुन् ।
अपराधीलाई पक्राउ गर, पीडितलाई न्याय दे लगायतका नारा अंकित प्लेकार्ड बोकेर सडकमा उत्रेका उनीहरुले यसतर्फ अविलम्ब पहल नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यता इलाका प्रहरी कार्यालय पातोका सई राजेन्द्र बस्नेतले कुटपिट गर्नेको खोजि कार्यमा कुनै ढिलाई नभएको दाबी गरेका छन् ।
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
सारांश
- दुई दिनअघि आफ्नो जग्गामा रहेको घास काटेको आरोपमा डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले सोही नगरपालिकाको वडा नं.
- ५ निवासी २८ वर्षिया गितादेवी सदालाई निर्घात कुटपिट गरेको स्थानियको आरोप छ ।
- कुटपिटबाट घाइते भएकी सदाको अहिले पनि पातोस्थित युके मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया