जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर

राजविराज राजविराज
|
सोमबार, बैशाख १०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर

सारांश

  •     आईतवार जन्मकल्याण महोत्सत्व अन्तर्गत प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गरी भगवान महाविरको २६३ औं जन्मजयन्ति मनाइएको छ ।
  •       जैन श्वेताम्बर तेरापंथी सभा, तेरापंथी यूवक परिषद र तेरापंथी महिला मण्डलको संयुक्त अगुवाईमा स्थानीय गजेन्द्र चौकबाट सूरु भएको प्रभातफेरी नगरपरिक्रमा गर्दै तेरापंथ भवनमा आएर प्रवचन र प्रार्थना कार्यक्रममा परिणत भएको थियो ।
  •       आर्चाय श्री महाश्रमणको शुशिष्या साधवी श्री स्वर्ण रेखाको विषेश उपस्थितीमा आयोजित कार्यक्रममा जैन श्वेताम्बर तेरापंथी सभाका महामन्त्री मनिष दुगड, तेरापंथ महिला मण्डलकी अध्यक्ष पुनिला गोल्छा, तेरापंथ यूवक परिषदका अध्यक्ष गौरव छाजेड, जैन श्वेताम्बर तेरापंथी सभाका निर्वतमान अध्यक्ष थानसिह भन्साली लगायतले भगवान महाविरले देखाएको सत्य र अहिंशाको मार्गमा सबै हिड्नु पर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    जैन धर्मका अनुयायीहरुले श्रमण भगवान महाविरको जन्मयन्ति विविध कायक्रमको आयोजना गरी मनाएका छन् । 
    आईतवार जन्मकल्याण महोत्सत्व अन्तर्गत प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गरी भगवान महाविरको २६३ औं जन्मजयन्ति मनाइएको छ । 
    जैन श्वेताम्बर तेरापंथी सभा, तेरापंथी यूवक परिषद र तेरापंथी महिला मण्डलको संयुक्त अगुवाईमा स्थानीय गजेन्द्र चौकबाट सूरु भएको प्रभातफेरी नगरपरिक्रमा गर्दै तेरापंथ भवनमा आएर प्रवचन र प्रार्थना कार्यक्रममा परिणत भएको थियो । 
    आर्चाय श्री महाश्रमणको शुशिष्या साधवी श्री स्वर्ण रेखाको विषेश उपस्थितीमा आयोजित कार्यक्रममा जैन श्वेताम्बर तेरापंथी सभाका महामन्त्री मनिष दुगड, तेरापंथ महिला मण्डलकी अध्यक्ष पुनिला गोल्छा, तेरापंथ यूवक परिषदका अध्यक्ष गौरव छाजेड, जैन श्वेताम्बर तेरापंथी सभाका निर्वतमान अध्यक्ष थानसिह भन्साली लगायतले भगवान महाविरले देखाएको सत्य र अहिंशाको मार्गमा सबै हिड्नु पर्नेमा जोड दिए । 
    उनीहरुले भगवान महाविर आफनो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार, सत्य विचार र व्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गरेको भन्दै सबैले यसबाट पाठ सिक्नु पर्ने बताएका थिए । 
    कार्यक्रममा जैन धर्मावलम्बी माडवारी समुदायका महिला÷पुरुष र बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?