एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, कार्तिक २९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन

सारांश

  •    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि पहिलोपटक राजविराजमा ¥याली र शक्ति प्रदर्शन गरेको हो ।
  •      पार्टी कार्यालयबाट निस्केको मोटरसाइकल ¥याली नगरपरिक्रमा गर्दै स्थानीय नेता चौकमा पुगी जनसभामा परिणत भएको थियो ।
  •    ¥यालीमा सहभागीहरुले बिघटित प्रतिनिधिसभाको पुनस्र्थापना, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी लुटपाट र कुटपीटमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्ने माग सहित नारावाजी गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 

   नेकपा एमाले सप्तरीले शनिबार राजविराजमा मोटरसाइकल ¥यालीसहित शक्ति प्रदर्शन गरेको छ ।
   गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि पहिलोपटक राजविराजमा ¥याली र शक्ति प्रदर्शन गरेको हो । 
   पार्टी कार्यालयबाट निस्केको मोटरसाइकल ¥याली नगरपरिक्रमा गर्दै स्थानीय नेता चौकमा पुगी जनसभामा परिणत भएको थियो ।
   ¥यालीमा सहभागीहरुले बिघटित प्रतिनिधिसभाको पुनस्र्थापना, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी लुटपाट र कुटपीटमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्ने माग सहित नारावाजी गरेका थिए ।
   नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षता तथा सचिव देवनाथ यादवद्वारा सञ्चालित सभालाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पुर्व गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, केन्द्रिय सदस्य सरिता गिरी लगायतले सम्बोधन गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै प्रजातान्त्रिक शक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
   उनीहरुले प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउन अन्तराष्ट्रियस्तरमा पनि चलखेल भइरहेको दावीका साथ राष्ट्रवादी शक्तिले मिलेर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 
सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लेनदेन र करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
लेनदेन र करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
फरार प्रतिवादी सरदार पक्राउ
फरार प्रतिवादी सरदार पक्राउ
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण