दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
भन्सार छलेर ल्याइएको सरसामानहरु एक घरमा भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मौवा टोल बस्ने प्रमोद यादवको घरमा भन्सार छलेर भण्डारण गरि राखिएको तथा तस्करीमा प्रयोग गरिएको तीन वटा मोटरसाइकलसहित ७ लाख १ हजार बराबरको सरसामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा सोमबार मध्यरात जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उक्त अवैध मालसामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
बरामद सामानहरुमा ३ लाख ६० हजारको ४१ कार्टुन पाउडर, ३६ हजार ५ सयको खैनी र गुल तथा ४ हजार ५ मुल्य बराबरको दुध पाउडर छन् । यस्तै तस्करीमा प्रयोग गरिएको प्र.२–०१–००२प.४६६०, को.३५प.९९४१ तथा स.९प.२३४४ नम्बरको तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको उनले जनाकारी दिए ।
उक्त मोटरसाइकलको ३ लाख रुँपैया मुल्याङ्कन गरिएको तथा बरामद सबै सामान मंगलबार आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
सारांश
- सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मौवा टोल बस्ने प्रमोद यादवको घरमा भन्सार छलेर भण्डारण गरि राखिएको तथा तस्करीमा प्रयोग गरिएको तीन वटा मोटरसाइकलसहित ७ लाख १ हजार बराबरको सरसामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
- गोप्य सूचनाको आधारमा सोमबार मध्यरात जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उक्त अवैध मालसामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
- बरामद सामानहरुमा ३ लाख ६० हजारको ४१ कार्टुन पाउडर, ३६ हजार ५ सयको खैनी र गुल तथा ४ हजार ५ मुल्य बराबरको दुध पाउडर छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया