चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी

राजविराज राजविराज
|
बिहिबार, माघ १, २०७७
|
|
४२ पटक हेरिएको
Shares
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी

सारांश

  •     चार दिनअघि सम्म बिहान र बेलुका चिसो भएपनि दिउँसो घाम लाग्ने गरेकोमा चार दिनयता घाम लाग्न छाडेपछि अत्याधिक चिसोले जनजिवन कष्टकर बनेको छ ।
  •       चिसोका कारण यातायतका साधनहरुमा यात्रुहरुको कमी भएको छ भने राजमार्गमा समेत यातायातका साधनहरु कम मात्रामा गुड्ने गरेको छ ।
  •     यता चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं.

दैनिक समाचारदाता
राजविराज, १ माघ । 
    विगत चार दिनदेखी बढेको चिसोका कारण सप्तरीको जनजिवन कष्टर बनेको छ । बिहानैदेखी वाक्लो हुस्सु र चिसो हावा चल्दा अत्याधिक चिसो बढेको हो । 
    चार दिनअघि सम्म बिहान र बेलुका चिसो भएपनि दिउँसो घाम लाग्ने गरेकोमा चार दिनयता घाम लाग्न छाडेपछि अत्याधिक चिसोले जनजिवन कष्टकर बनेको छ । 
    चिसोका कारण यातायतका साधनहरुमा यात्रुहरुको कमी भएको छ भने राजमार्गमा समेत यातायातका साधनहरु कम मात्रामा गुड्ने गरेको छ ।
    यता चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सहयोगमा बिहीबार नगरको विभिन्न ८ वटा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । 
    तालिम केन्द्रका डिएसपी खगेन्द्र खड्काका अनुसार सर्वसाधारणलाई न्यानो पु¥याउने उद्देश्यले राजविराजको रुपनी मोड, मलेठको नहर चौक, पुलचौक, गजेन्द्र चौक लगायतका स्थानहरुमा दाउरा बालेर प्रहरीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको जानकारी दिएका छन् । 
    मौसमलाई मध्यनजर गर्दै आगामी दिनमा पनि तालिम केन्द्रले नगरमा मात्र नभएर ग्रामिण भेगमा समेत दाउरा बाल्ने व्यवस्था मिलाउने डिएसपी खड्काले जानकारी दिए । 
    यस्तै चिसोले बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् । 
    चिसो बढेसँगै न्यानो सिरक र न्यानो लुगाको कारोबार पनि ह््वातै बढेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।
    यस्तै चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए । 
    यसैगरि शितलहरले गहुँ, टमाटर, आलु प्याज, लहसुन लगायतका तरकारी बालीमा पनि प्रत्यक्ष असर पारेको कृषक सत्यनारायण यादवले बताए । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी यादवले केही दिनयता निरन्तरको सितलहरले खेतमा लगाइएको आलु, टमाटर, प्याज, लहसुन र गहुँ खेतीलाई क्षति पु¥याएका बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलहरु अन्तिम चरणको कसरत
दलहरु अन्तिम चरणको कसरत
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै
आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन