दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
चुनावमा प्रभावकारी रुपमा भुमिका निर्वहन, संचालन र समन्वयका लागि राष्ट्रिय मुक्ति पार्टीको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित प्रमुख नेताहरुको बिहीबार बसेको संयुक्त बैठकले सो कार्यदल गठन गरेको हो ।
बैठकले सदस्यहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष ब्रिजेन्द्र चौधरी, जसपाका नेता संतोष मण्डल, राष्ट्रिय मुक्ति पार्टीका सचिव बिरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेता रमाकान्त चौधरी र राष्ट्रिय मुक्ति पार्टीका महिला नेतृ रिसु चौधरी छन् ।
सोही बैठकले आगामी चुनावको बारेमा पहिचान, प्रतिनिधित्व र पहुँचको राजनीतिसँगै स्वेदशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको स्थापनाका लागि तीन पार्टीले गर्दै आएको संघर्षको सन्दर्भमा आगामी चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय समेत गरेको छ ।
त्यस्तै सामाजिक आन्दोलनको सम्बन्धमा सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुका साथै जिल्लाको शिक्षा, स्वास्थ्यमा सुधार तथा सप्तरी जिल्लाको वृहत्तर विकासका लागि सामाजिक आन्दोलनका कार्यक्रमहरु संयुक्त रुपमा अगाडी बढाउने निर्णय पनि गरेको तीन पार्टीका जिल्ला अध्यक्षद्वारा जारि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
सारांश
- आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षसहित प्रमुख नेताहरुको बिहीबार बसेको संयुक्त बैठकले सो कार्यदल गठन गरेको हो ।
- बैठकले सदस्यहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष ब्रिजेन्द्र चौधरी, जसपाका नेता संतोष मण्डल, राष्ट्रिय मुक्ति पार्टीका सचिव बिरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका नेता रमाकान्त चौधरी र राष्ट्रिय मुक्ति पार्टीका महिला नेतृ रिसु चौधरी छन् ।
- सोही बैठकले आगामी चुनावको बारेमा पहिचान, प्रतिनिधित्व र पहुँचको राजनीतिसँगै स्वेदशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको स्थापनाका लागि तीन पार्टीले गर्दै आएको संघर्षको सन्दर्भमा आगामी चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया