एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३० पटक हेरिएको
Shares
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा

सारांश

  • एउटै क्याम्पसमा अध्ययन गर्दाको समयमा तत्कालिन स्ववियु सचिव रहेका हालको प्रदेश मन्त्री र स्ववियु अध्यक्ष रहेका नेकपाका यूवा नेताले क्याम्पसमा बिताएका दिनहरु सम्झदै सोमबार मित्रमिलन कार्यक्रम मार्फत एउटा मञ्चमा बसेर विद्यार्थीकालका सम्झनाहलाई ताजा गराएको हो ।
  •   एउटै क्याम्पसबाट पहिलो पटक राजनीतिक यात्रा समेत सुरु गरेका ती नेताहरु भने वर्तमानमा फरक फरक पार्टीमा आवद्ध भई हाल राजनीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् ।
  •   जनकपुस्थित राराब क्याम्पसका तत्कालिन स्ववियु सचिव रहेका हालको प्रदेश नं.

दैनिक समाचारदाता

राजविराज, ५ कात्तिक । 

फरक फरक राजनीतिक दल तथा फरक फरक राजनीतिक विश्लेषण गर्ने पार्टीका दुई नेताहरु जसलाई एउटा कार्यक्रमले एउटै मञ्चमा बसाएर विद्यार्थी जिवनका  सम्झनाहरु ताजा गराउन बाध्य बनाएको छ । 

एउटै क्याम्पसमा अध्ययन गर्दाको समयमा तत्कालिन स्ववियु सचिव रहेका हालको प्रदेश मन्त्री र स्ववियु अध्यक्ष रहेका नेकपाका यूवा नेताले क्याम्पसमा बिताएका दिनहरु सम्झदै सोमबार मित्रमिलन कार्यक्रम मार्फत एउटा मञ्चमा बसेर विद्यार्थीकालका सम्झनाहलाई ताजा गराएको हो । 

एउटै क्याम्पसबाट पहिलो पटक राजनीतिक यात्रा समेत सुरु गरेका ती नेताहरु भने वर्तमानमा फरक फरक पार्टीमा आवद्ध भई हाल राजनीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् । 

जनकपुस्थित राराब क्याम्पसका तत्कालिन स्ववियु सचिव रहेका हालको प्रदेश नं. २ का भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र तत्कालिन स्ववियु अध्यक्ष रहेका नेकपाका यूवा नेता महेश यादवले उच्च शिक्षा हासिल गर्नुका साथै सोही क्याम्पसबाटै राजीनितक यात्रा समेत सुरुवात गरेका थिए ।

बि.स. २०५० सालमा सोही क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका मन्त्री साह र नेकपाका यूवा नेता महेश यादवले विद्यार्थी समयका साथीहरुसँग भेटघाट गर्ने उद्देश्यले सो मित्रमिलन समारोहमा सहभागि भए ।

कार्यक्रममा तत्कालिन राराब क्याम्पसका स्ववियु सचिव तथा हाल प्रदेशका मन्त्री साहले सबै मित्रहरुबीच मित्रतापुर्ण ब्यवहार कायम राखी सुमधुर सम्बन्धलाई निरन्तरता दिनु पर्ने धारणा राख्दै आउँदो दिनहरुमा मित्रतालाई सुमधुर बनाउनुपर्नेमा जोड दिए । 

सोही कार्यक्रममा तत्कालिन राराब क्याम्पसका स्ववियु सभापति तथा हाल नेकपाका युवा नेता महेश यादबले जातिवादलाई तोडेर मधेशको अधिकार प्रति सबै यूवाहरु एक जुट भएर अगाडि बढनुपर्नेमा जोड दिए ।

पुर्व सप्तरी बिद्यार्थी परिवारका संस्थापक सचिव कमानद यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व बिद्यार्थी तथा संघिय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादब, पूर्व बिद्यार्थी तथा शिक्षक राजकुमार यादब, संजय साह लगायतले मित्रमिलन कार्यक्रमलाई आउने दिनहरुमा निरन्तरता दिईदै अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह