दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित पकरी डलवा बाग सडकखण्डको निर्माण कार्य अलपत्र छोडेर ठेकेदार कम्पनी फरार भएका छन् ।
मधेश प्रदेश सरकारले पकरी डलवा बाग सडकको रमन–आईएसएनबी जेबी जनकपुरधाम धनुषासँग गत २०७८ साल चैत ७ गते ३१ करोड २४ लाख ८ हजार ३२४ रुपैयाँ २८ पैसामा (भ्याट बाहेक) मा सम्झौता गरेको थियो । सम्झौत अनुसार २०८० चैत ८ गते सो कार्य सम्पन्न गर्नुपर्ने थियो । तर, फागुन–चैतदेखि कछुवाको तालमा कुनै कुनै ठाउँमा मात्र ग्रोभल हालेका कारण स्थानियहरु अहिले हिलाम्मे सडकमा आवतजावत गर्न बाध्य छन् ।
हिलोका कारण सो ठाउँमा एम्बुलेन्स जान नसक्दा विरामीलाई बोकेर हुलाकी लोकमार्गसम्म ल्याउनु परेको स्थानिय जयनारायण बताउछन् ।
निर्माण कम्पनीका ईन्जिनियर के.पी. शर्माले सो सडकमा विवाद रहेकोले काम नगरेको बताए । यता वडाध्यक्ष जयश्वर किशोर दासले बाटो निर्माण गर्ने विषयमा कुनै विवाद नरहेको दावी गरे ।
सडक हिलाम्मे बनाएर निर्माण कम्पनी फरार
सारांश
- मधेश प्रदेश सरकारले पकरी डलवा बाग सडकको रमन–आईएसएनबी जेबी जनकपुरधाम धनुषासँग गत २०७८ साल चैत ७ गते ३१ करोड २४ लाख ८ हजार ३२४ रुपैयाँ २८ पैसामा (भ्याट बाहेक) मा सम्झौता गरेको थियो ।
- सम्झौत अनुसार २०८० चैत ८ गते सो कार्य सम्पन्न गर्नुपर्ने थियो ।
- तर, फागुन–चैतदेखि कछुवाको तालमा कुनै कुनै ठाउँमा मात्र ग्रोभल हालेका कारण स्थानियहरु अहिले हिलाम्मे सडकमा आवतजावत गर्न बाध्य छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया