दैनिक समाचारदाता
राजविराज, २ असार ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा रहेका ५ प्रसुती गृहहरुमा १२ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री उपकरणहरु प्रदान गरेको छ ।
ती स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धीत नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
दुवै नगरपालिकामा संचालित समुन्नती परियोजना अन्र्तगत मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुतीगृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुती गराउने कार्यमा सहयोग हुने उद्देश्यका साथ ती सामाग्रि प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
सबल नेपाल सप्तरीले खडक नगरपालिकामा रहेका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.पि.ई सेट, सेनिट्राईज ग्लोव, माक्स, गमवुट, के.एम.सी., र्यापर, रुम थर्मोमिटर, ग्यास सेट रुमहिटर, वेवी वेटिङ्ग मेसिन, आईभी स्टेन्ड, मेडिसिन ट्रली, वेवी व्याग, लगायतका प्रदान गरेको जनाइएको छ ।
करिब १२ लाख मुल्यबरावरको स्वास्थ्य उपकरणहरु नगर प्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकिय अधिकृत सहितका जिम्मेवार प्रतिनिधीहरुलाई हस्तारण गरेको सु.ना.पा.का भण्डार प्रमुख नायवसुब्बा टेक बहादुर खडकाले जानकारी दिएका छन् ।
यस्तै खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महिनारायण चौधरीले सामाग्री ग्रहण गर्दै विश्वव्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरस रोग नियन्त्रण तथा व्यवस्थापन गर्नकालागी सबल नेपाल सप्तरी र सेभ द चिल्ड्रेनले नियमित रुपमा बारम्वर लाखौ मुल्य बरावरको सामाग्रीहरु सर्पोट गरेको भन्दै, अन्य क्षेत्रमा पनी सहयोग गरिरहेको प्रति सहयोगी संस्थाहरु प्रति अभार प्रकट गरे ।
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान
सारांश
- ती स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धीत नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
- दुवै नगरपालिकामा संचालित समुन्नती परियोजना अन्र्तगत मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुतीगृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुती गराउने कार्यमा सहयोग हुने उद्देश्यका साथ ती सामाग्रि प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
- सबल नेपाल सप्तरीले खडक नगरपालिकामा रहेका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया