दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले आफ्ना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।
स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान नाराका साथ आयोजित २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वमय्सेविका दिवसको अवसरमा गाउँपालिकाले सम्मान गरेको हो ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई झोला, छाता र टर्चका साथै गम्छा ओढाई सम्मान पत्रले गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले सम्मान गर्दै समयानुकुल स्वयम्सेविकाहरुका लागि आवश्यक क्षमता विकासका लागि गाउँपालिका चिन्तित रहेको उल्लेख गरे ।
सो अवसरमा गाउँपालिकाकाको अवकाश प्राप्त कृषि विकास अधिकृतद्वय उदयकान्त झा र अशोक कुमार मण्डल, अवकाश प्राप्त प्रधानाध्यापकद्वय मदनलाल मण्डल र केदार पण्डित, अवकाश प्राप्त वडा सचिव मिथिलेश कुमार झा र अवकाश प्राप्त कार्यालय सहयोगी गजेन्द्र झालाई समेत गम्छा ओढाई प्रशंसा पत्रबाट अध्यक्ष अरुण कुमार मण्डलले सम्मान गरे ।
स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
सारांश
- स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान नाराका साथ आयोजित २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वमय्सेविका दिवसको अवसरमा गाउँपालिकाले सम्मान गरेको हो ।
- महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई झोला, छाता र टर्चका साथै गम्छा ओढाई सम्मान पत्रले गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले सम्मान गर्दै समयानुकुल स्वयम्सेविकाहरुका लागि आवश्यक क्षमता विकासका लागि गाउँपालिका चिन्तित रहेको उल्लेख गरे ।
- सो अवसरमा गाउँपालिकाकाको अवकाश प्राप्त कृषि विकास अधिकृतद्वय उदयकान्त झा र अशोक कुमार मण्डल, अवकाश प्राप्त प्रधानाध्यापकद्वय मदनलाल मण्डल र केदार पण्डित, अवकाश प्राप्त वडा सचिव मिथिलेश कुमार झा र अवकाश प्राप्त कार्यालय सहयोगी गजेन्द्र झालाई समेत गम्छा ओढाई प्रशंसा पत्रबाट अध्यक्ष अरुण कुमार मण्डलले सम्मान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया