राजविराज÷आगामी फ्रेबअरी महिनाको तेस्रो सातामा ओमानमा हुने आइसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको बन्द प्रशिक्षणका लागि ३० सदस्यीय राष्ट्रिय टोलीमा सप्तरीका बिवेक यादब परेका छन् ।
हालै यु १९ एसिया कप खेलेर आएका उत्कृष्ट प्रदर्शन गरेका १८ बर्षिय खेलाडी बिबेक नेपाली राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षणमा पर्न सफल भएका हुन ।
मुख्य प्रशिक्षक पुबुदु दसानायिकेको आगमनसँगै क्यानले पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन ।
टोलीमा सन्दीपसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा छन ।
त्यसबाहेक अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकरशाहलाई टोलीमा स्थान दिइएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुने क्यानले जनाएको छ ।
ग्लोबल छनोट फ्रेबअरीको १५ देखि २५ तारेखसम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी २० विश्वकपका लागि छनोट हुनेछन ।
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा
सारांश
- टोलीमा सन्दीपसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा छन ।
- त्यसबाहेक अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकरशाहलाई टोलीमा स्थान दिइएको छ ।
- नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुने क्यानले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया