दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पतालका चिकित्सको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि आईतबार दिनभर अस्पताल परिसर तनावग्रस्त भएको छ । अस्पतालको आकस्मिक कक्ष बाहेक अन्य सबै सेवा ठप्प भएको छ ।
घटना विवरण अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमकी २५ बर्षीया सुजन देवी सदालाई शुक्रबार प्रसुती व्यथाले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रियापछि शिशु निकालिएको थियो । त्यतिबेला आमा र बच्चा दुबै सकुशल रहेको उपचारमा संलग्न स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिलिप साहको भनाई छ ।
नवजात शिशुलाई थोरै दिसा भएको देखिएपछी शल्यक्रिया गरेर बच्चा निकालिए डा. साहले बताए । उनले भने, “सुरक्षित सुत्केरी गराउँदा पनि भोली पल्ट सुजनले वान्ता गरेको र त्यो श्वासनलीमा अडर्किएपछि दुःखद घट्ना हुन पुग्यो ।” जन्मिएको शिशु (छोरा) भने सकुशल छन् ।
उपचारका क्रममा डा. साहको लापरवाहीले सुजनको ज्यान गएको भन्दै मृतका आफन्तले उनी माथि कारबाहीको माग गर्दै विहान ११ बजेदेखि अस्पताल अगाडी धर्ना तथा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले डा. साह माथि कारबाही संगै मृतक परिवारलाई क्षतिपुर्ती तथा घट्नाको छानवीन हुनुपर्ने माग समेत गरेका छन् । आक्रोशित भिड नियन्त्रण गर्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घट्नाको विषयलाई लिएर पीडित र अस्पतालका प्रतिनिधि राखेर स्थानिय प्रशासनले तनाव साम्य पार्ने प्रयास गरिरहेको छ ।
सुजनको एक बर्ष अघि मात्र छिन्नमस्ता ५ का सन्तोष सदासंग विहे भएको थियो । घरमै सुत्केरी गराउँदा धेरैको मृत्यु हुने गरेको सुनेपछि आफुले छोरीलाई अस्पतालमा ल्याएको बुवा सोधकर सदाले सुनाए । तर, यहाँ त झन जोखिम भयो उनले भने ।
सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
सारांश
- घटना विवरण अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमकी २५ बर्षीया सुजन देवी सदालाई शुक्रबार प्रसुती व्यथाले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो ।
- उनको शल्यक्रियापछि शिशु निकालिएको थियो ।
- त्यतिबेला आमा र बच्चा दुबै सकुशल रहेको उपचारमा संलग्न स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया