फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ५, २०७८
|
|
४६ पटक हेरिएको
Shares
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा

सारांश

  •     पुराना खेलाडी समेत रहेका परियारले फागुनको तेश्रो साता हुन लागेको जिल्ला फुलवल संघ (एन्फा) सप्तरीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
  • राजविराज ८ निवासी परियार गत जेठ १ गते प्रशिक्षक सेवाबाट निवृत भएका हुन् ।
  •       उनले संघका वर्तमान नेतृत्वले मनोमानी ढंगले काम गरेको, संघका विधानलाई मिचेर अघि बढेको, पुराना खेलाडीलाई पाखा लगाउने काम गरेको र फुटवल खेललाई जिल्लामा लोप हुने अवस्थामा पु¥याउन लागेको आरोप लगाउँदै फुटवल खेलको विकास र विस्तारका लागी आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
    फुटवलका सेवानिवृत सहायक प्रशिक्षक राजकुमार परियारले जिल्ला फुटबल संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 
    पुराना खेलाडी समेत रहेका परियारले फागुनको तेश्रो साता हुन लागेको जिल्ला फुलवल संघ (एन्फा) सप्तरीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राजविराज ८ निवासी परियार गत जेठ १ गते प्रशिक्षक सेवाबाट निवृत भएका हुन् । 
    उनले संघका वर्तमान नेतृत्वले मनोमानी ढंगले काम गरेको, संघका विधानलाई मिचेर अघि बढेको, पुराना खेलाडीलाई पाखा लगाउने काम गरेको र फुटवल खेललाई जिल्लामा लोप हुने अवस्थामा पु¥याउन लागेको आरोप लगाउँदै फुटवल खेलको विकास र विस्तारका लागी आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका छन् । 
    उनले आफु जिते जिल्लामा ग्रासरुट फुटवल खेलको माध्यमले योग्य खेलाडी उत्पादन तथा फुटवललाई माथी उठाउनका लागी विभिन्न योजना बनाएको समेत जानकारी दिए । 
    संघको निर्वाचनमा संघ संग आवद्ध क्लबका प्रतिनिधी नै मतदाता हुने व्यवस्था छ । जिल्ला फुटवल संघ सप्तरीमा ११ वटा क्लब आबद्ध छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित