राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित

राजविराज राजविराज
|
बुधबार, जेठ ४, २०७९
|
|
४८ पटक हेरिएको
Shares
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित

सारांश

  •     प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं.
  • १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो ।
  • त्यस्तै लोसपाले वडा नं.

दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
    स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार सप्तरी सदरमुकाम राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ ।  
    प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो । त्यस्तै लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।
    राजविराज वडा नं. १ मा जसपाका चन्द्रशेखर चौधरीले ८ सय ३६ मत, वडा नं. २ मा अरुणकुमार यादवले ६ सय ६५ मत, वडा नं. ३ मा अनिल दास (गुड्ु) ले ३ सय ३७ मत, वडा नं. ४ मा दिनेश साह कसेराले ३ सय ११ मत, वडा नं. ५ मा बन्धु दासले ३ सय ९७ मत, वडा नं. ११ मा उदित नारायण यादव तथा वडा नं. १६ मा रामएकवाल यादवले ३ सय ३८ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
    यसैगरि वडा नं. ६ मा लोसपाका शशी चौधरी र वडा नं. १५ मा ओमनारायण साहले ४ सय ६४ मत प्राप्त गरि निर्वाचित भए । 
    यस्तै वडा नं. १२ मा नेकपा एसबाट रामचन्द्र यादव, वडा नं. १३ मा राप्रपाबाट त्रिलोकीनाथ चौधरी,  १४ मा नेकपा एमालेका जगदीश मण्डलले २ सय ४१ मत प्राप्त गरि बिजयी भए । 
    निर्वाचित वडा अध्यक्ष मध्ये वडा नं. १ का चन्द्रशेखर चौधरी र वडा न.. २ का अरुणकुमार यादव लगातार दोश्रो पटक निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
बृद्धामाथी बोक्सीको आरोप  लगाउने महिला पक्राउ
बृद्धामाथी बोक्सीको आरोप  लगाउने महिला पक्राउ
सडक निर्माणको माग गर्दै सडक जाम
सडक निर्माणको माग गर्दै सडक जाम
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
ग्यास सिलिन्डर पडकिएर आगलागि 
ग्यास सिलिन्डर पडकिएर आगलागि 
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
 जनता समाजवादी पार्टी र जनमत पार्टीद्वारा शक्ति प्रदर्शन
 जनता समाजवादी पार्टी र जनमत पार्टीद्वारा शक्ति प्रदर्शन