दैनिक समाचारदाता
राजविराज, २ चैत ।
राजविराजमा सम्पन्न स्व. देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरी १४ स्वर्ण पदक जित्दै प्रथम भएको छ ।
आइतबार अबेर राती सम्पन्न प्रतियोगितामा सात स्वर्ण जित्दै बर्दिया दोश्रो तथा समान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरीले तेश्रो स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरीकी तारा पुन: स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन् ।
त्यस्तै पुरुषतर्फ कंचनपुरका सुभास उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट तथा सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता समाप्तिपछि भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, पूर्वमन्त्री उमेश यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज माझी, संचारकर्मी नवीन गुप्ता, पूर्व सभासद् लक्ष्मी चौधरी, संघका सल्लाहकारद्वय सुखराम यादव, सूर्यनाथ यादव लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता फागुन २९ र चैत १ गते दुइ दिनसम्म चलेको थियो ।
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो
सारांश
- आइतबार अबेर राती सम्पन्न प्रतियोगितामा सात स्वर्ण जित्दै बर्दिया दोश्रो तथा समान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरीले तेश्रो स्थान प्राप्त गरेका छन् ।
- प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरीकी तारा पुन: स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन् ।
- त्यस्तै पुरुषतर्फ कंचनपुरका सुभास उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट तथा सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भएको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया