दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
राजविराज नगरपालिका वडा नं. ४ को मतगणना सम्बन्धी विवाद निरुपणका लागि अदालतले मतगणनामा बसेका उम्मेदवार प्रतिनिधिहरुको विवरण झिाउन आदेश जारि गरेको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले यस्तो आदे जारि गरेको हो । गत २०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा उक्त वडाको वडा अध्यक्ष पदमा एक मतले दिनेश प्रसाद साह विजयी हुदा स्वतन्त्र उम्मेदबार काशिम अंसारीले मतगणना त्रुटीपूर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पुनः मतगणनाको माग गर्दैै अदालतमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालत जनकपुर राजविराजका न्यायाधिश नातीवाबु लामिछाने र तेजनारायण सिंहको संयुक्त इजलासले विहीवार सो मुद्दा उपर सुनवाई गर्दै यस्तो आदेश जारी गरेको हो । त्रुटिपूर्ण मतगणना कार्य बदर गरी पुनः गणना कार्य दोह¥याई पाउँ भन्दै अंसारीबाट मुदा परेपछी यस अघि नै अदालतले जिल्ला निर्वाचन कार्यालयबाट सो वडाको मतपत्र सहितको पेटिका समेत झिकाई सकेको छ ।
पछिल्लो आदेशमा उक्त वडाको निर्वाचनमा उम्मेदवार भएकाहरुले मतगणना कार्यमा खटाएका प्रतिनिधी सम्बन्धि फाईल समेत निर्वाचन कार्यालय सप्तरी राजविराजबाट अविलम्ब झिकाउनु भनी आदेश जारी गरेको छ ।
उक्त वडामा १ हजार ५ सय २२ मत खसेको थियो । जसपाका तर्फ नवनिर्वाचित वडा अध्यक्ष साहले ३ सय १२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार अंसारीले ३ सय ११ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक गरिएको अन्तिम परिणाममा उल्लेख छ ।
अंसारीले मतगणना कार्यमा आफ्नो प्रतिनिधीलाई सहभागी हुन नदिइएको तथा मतगणना कार्यमा खटिएका कर्मचारी र जसपाका उम्मेदवारका प्रतिनिधीको मिलीभगतमा परिणाम उलटफेर गरिएको दाबी गर्दै आएका छन् ।
मतगणनामा बसेका प्रतिनिधिको फाइल झिकाउने अदालतको आदेश
सारांश
- उच्च अदालत जनकपुर, राजविराज इजलासले यस्तो आदे जारि गरेको हो ।
- गत २०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा उक्त वडाको वडा अध्यक्ष पदमा एक मतले दिनेश प्रसाद साह विजयी हुदा स्वतन्त्र उम्मेदबार काशिम अंसारीले मतगणना त्रुटीपूर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पुनः मतगणनाको माग गर्दैै अदालतमा मुद्दा दायर गरेका थिए ।
- उच्च अदालत जनकपुर राजविराजका न्यायाधिश नातीवाबु लामिछाने र तेजनारायण सिंहको संयुक्त इजलासले विहीवार सो मुद्दा उपर सुनवाई गर्दै यस्तो आदेश जारी गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया