नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा

सारांश

  •     बिहिवार राजबिराज वडा नम्वर ७ स्थित बालमन्दिरमा शिक्षकको अनुपातमा बिद्यालयमा ८ देखि १० जना मात्र बिद्यार्थीको उपस्थित देखियो ।
  •     बालमन्दिरमा अध्ययनरत बिद्यार्थीहरू कक्षा कोठामा हुदैन, तर शिक्षक बिद्यालय प्राङ्गणमा दिन भरी बिताउछन ।
  • बिगतमा पुर्वाञ्चलमा उत्कृष्ट बालमन्दिरहरू मध्ये चिनिने यस बालमन्दिरमा अहिले बालवालिकाहरूको संख्या न्यून रहेको छ ।

चन्दनकुमार यादव 
राजबिराज, ९ फागुन । 
    राजबिराज नगरपालिकाको मुख्य बजार भित्र कै सामुदायिक बिद्यालयहरूमा बिद्यार्थीहरूको उपस्थिति न्यून रहेको देखिएको छ ।
    बिहिवार राजबिराज वडा नम्वर ७ स्थित बालमन्दिरमा शिक्षकको अनुपातमा बिद्यालयमा ८ देखि १० जना मात्र बिद्यार्थीको उपस्थित देखियो ।
    बालमन्दिरमा अध्ययनरत बिद्यार्थीहरू कक्षा कोठामा हुदैन, तर शिक्षक बिद्यालय प्राङ्गणमा दिन भरी बिताउछन । बिगतमा पुर्वाञ्चलमा उत्कृष्ट बालमन्दिरहरू मध्ये चिनिने यस बालमन्दिरमा अहिले बालवालिकाहरूको संख्या न्यून रहेको छ । 


    यता बालमन्दिरकी प्रअ शान्ती झाले चाडपर्व, बिवाहको समयमा बालवालिकाको उपस्थिति न्युन हुने गरेको तथा गरिब परिवारका बालबालिकाहरू पठनपाठन गर्न आउने गरेकाले उनका अभिभावक काम गर्न बाहिर जदाँ बालबालिका समयमा बिद्यालय आउने नगरेको बताईन ।
    कक्षा १ मा ९, कक्षा दुईमा १६, कक्षा ३ मा १३ कक्षा ४ मा १४ र कक्षा ५ मा ११ जना र बालबिकासमा ११ गरि ७५ जना छात्रछात्राहरूको नाम दर्ता रहेपनि बालमन्दिरमा नियमित २५ जना बालवालिका आउने गरेको प्रअ झाको भनाई छ । 
    विस २०२२ सालमा स्थापित यस बालमन्दिरमा हाल २ शिक्षक र १ जना बालबिकास तथा १ जना कर्मचारी कार्यरत छन् । 
    यसैगरी राजबिराज वडा नम्वर ७ स्थित अधारभुत बिधालय केन्द्र नम्वर २ बिद्यालयमा पुग्दाँ कक्षा ४ मा १ जना, कक्षा ३ मा ४ जना कक्षा १ मा ६ जना, कक्षा २ मा ६ जना, कक्षा ६ मा १ जना कक्षा ५ मा दुई जना वालबिकास मा ६ जना गरि २६ जना बिद्यार्थीको उपस्थिति रहेको थियो ।
    बिद्यालयमा नामांकन भएको बालबिकासमा २६ जना, कक्षा १ मा १७ जना, कक्षा दुईमा, १५ कक्षा ३ मा २१ कक्षा ४ मा २० कक्षा ५ मा ८ कक्षा ६ मा  ७ जना गरि १ सय १४ जना को नाम दर्ता रहेको बिद्यालयले जनाएको छ  ।
    उक्त बिद्यालयमा १ सय १० जना को नाम दर्ता रहेको बिद्यालयमा २६ जनाको मात्र उपस्थिति रहेको थियो । विद्यालयका प्रअ रमेशलाल दत्तले चाडपर्व, बिवाह, भोजभतेर, घरपरिवारमा विभिन्न कार्यक्रम हुदाँ बिद्यार्थीको संख्या घट्ने गरेको बताए ।
    यस सम्बन्धमा राजबिराज वडा नम्वर ७ का अध्यक्ष मांगीलाल नाईले बिद्यालयमा बिद्यार्थी टिकाउन र सिकाई प्रक्रियामा टेवा पु¥याउन उद्देश्यले बिद्यालयमा टिफिनको ब्यबस्थापन गरेपछि नियमित ७० जना बिद्यार्थीहरू आउने गरेको दाबी गरे । सो बिद्यालयमा ६ जना शिक्षक, बालबिकास २ जना र १ जना कर्मचारीको दरबन्दी रहेको छ । 
    यस्तै सोही वडाको अर्को विद्यालय रमेश नारायण दास बिद्या मन्दिरमा बिहिवार पुग्दा ३२ जना वालवालिकाको उपस्थिति रहेको थियो । यस बिद्यालयमा १ सय १४ जनाको बिद्यार्थीको नाम दर्ता रहेको छ ।
    मुसहर, मुस्लिम समुदायबाट अधिकांश गरिब परिवारका बालवालिकाहरू यस विद्यालयमा रहेकाले अभिभावकलाई रोजगारको सिलसिलामा अरूको घरमा भाडा मस्काउनेदेखि घर ब्यवहारमा बाहिर जानू पर्दा समय बिद्यार्थीहरूलाई बिद्यालय पठाउन नसकेको बिद्यालय प्रअ बिभा झाले बताईन ।
    सो बिद्यालयमा कक्षा १ मा ८ जना, कक्षा २ मा ८, कक्षा ३ मा ५, कक्षा ४ मा ८, कक्षा ५ मा ४, बालबिकास ४ जना गरि ३२ जनाको उपस्थिति रहेको थियो । यस बिद्यालयमा ४ शिक्षक, बालबिकासमा १ जना र कर्मचारी १ जना कार्यरत रहेका छन् । 
    यता राजबिराज नगरपालिकाकी उपप्रमुख साधना झाले नगर भित्रको अधिकांश बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून रहेकोले बिद्यालयहरूलाई मर्ज गरि बिद्यार्थीहरूको यातायात खर्च र खाजाको ब्यबस्थापन गरि शिक्षामा सबैको पहँुच हुने उद्देश्यले कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरिन् । 
    यस्तै नगरपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख देबकुमार यादबले नगरभित्र कै बालमन्दिर, अधारभुत बिद्यालय दुई केन्द्र, र रामनारायण दास बिद्या मन्दिर केन्द्र नम्वर ४ लाई संघिय कार्यालय स्थापन भएपछि चाडै मर्ज गर्ने जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
डाका मुद्दाका फरार अभियुक्त पक्राउ
डाका मुद्दाका फरार अभियुक्त पक्राउ
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन