भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद

राजविराज राजविराज
|
मंगलबार, श्रावण २, २०८०
|
|
१८ पटक हेरिएको
Shares
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद

सारांश

  •     वडा नं ५ कुशहा बजारस्थित राजकुमार साहको घरमा भारतबाट भन्सार छलेर ल्याइ भण्डारण गरेको अवस्थामा १२ लाख ५७ हजार १ सय ५० मुल्य बराबरको कपडा तथा अन्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       बरामद गरिएका सामानहरुमा थानको कपडा, सर्ट र पाईन्टको कपडा, साडी, ब्लाउजको कपडा, तन्ना सिल प्याक, रेडिमेड सर्ट सिलप्याक, सल, भेष्ट, बच्चाको भेष्ट, खैनी, चिनी र बच्चाले लगाउने अन्य सानो साईजको कपडाहरु रहेका छन् ।
  •       गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी अधिकृतको टोली र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले साहको घरमा छापा मारी सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २ साउन ।  
                                                                                
    सप्तरी प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिकास्थित एक घरमा भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद गरेको छ । 
    वडा नं ५ कुशहा बजारस्थित राजकुमार साहको घरमा भारतबाट भन्सार छलेर ल्याइ भण्डारण गरेको अवस्थामा १२ लाख ५७ हजार १ सय ५० मुल्य बराबरको कपडा तथा अन्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    बरामद गरिएका सामानहरुमा थानको कपडा, सर्ट र पाईन्टको कपडा, साडी, ब्लाउजको कपडा, तन्ना सिल प्याक, रेडिमेड सर्ट सिलप्याक, सल, भेष्ट, बच्चाको भेष्ट, खैनी, चिनी र बच्चाले लगाउने अन्य सानो साईजको कपडाहरु रहेका छन् । 
    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी अधिकृतको टोली र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले साहको घरमा छापा मारी सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । 
    उनका अनुसार प्रहरी टोली घरमा पुग्दा कोही व्यक्ति फेला नपरेकोले स्थानिय र जनप्रतिनिधी समेतको उपस्थितिमा घरको भुई तल्ला र पहिलो तल्लामा वेवारिसे अवस्थामा सामानहरु फेला परेको हो । 
    फेला परेका समानहरु कानुनी रितपुर्वकको मुचुल्का खडा गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
कारागारमा असुरक्षित छु ः कैदी यादव 
कारागारमा असुरक्षित छु ः कैदी यादव 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
अग्निपीडितलाई आवास मिलाइदिन माग
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग