शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी

राजविराज राजविराज
|
बुधबार, माघ १७, २०८०
|
|
१६ पटक हेरिएको
Shares
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी

सारांश

  •     अघिल्लो दिन मंगलवार तलब माग्दै नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु विरोध प्रर्दशन र त्यस पश्चात धर्नामा वस्दा पनि कुनै सुनवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रिनु परेको प्रधानाध्यापक तारानन्द मल्लिकले बताए ।
  •       तालाबन्दीका कारण नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प भएको छ ।
  • उक्त नगरपालिका क्षेत्र भित्र रहेका ३३ वटा सामुदायीक विद्यालयका शिक्षक र कर्मचारीले विगत तीन महिनादेखी तलब पाउन सकेका छैनन ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।

    सप्तरीको कंचनरुप नगरपालिका कार्यालयमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले तालाबन्दी गरेका छन् । लामो समयदेखी आफूहरुले तलब नपाएको भन्दै उनीहरुले बुधबार कार्यालय खुल्ना साथ नाराबाजी गर्दै सो कार्यालयमा तालाबन्दी गरेका हुन् । 
    अघिल्लो दिन मंगलवार तलब माग्दै नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु विरोध प्रर्दशन र त्यस पश्चात धर्नामा वस्दा पनि कुनै सुनवाई नभएकाले बाध्य भई तालाबन्दीमा उत्रिनु परेको प्रधानाध्यापक तारानन्द मल्लिकले बताए । 
    तालाबन्दीका कारण नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प भएको छ । उक्त नगरपालिका क्षेत्र भित्र रहेका ३३ वटा सामुदायीक विद्यालयका शिक्षक र कर्मचारीले विगत तीन महिनादेखी तलब पाउन सकेका छैनन । 
तलब नपाउँदा घर व्यवहार चलाउन समेत समस्या भएको भन्दै शिक्षक र कर्मचारी मिलेर नगरप्रमुख ललन प्रसाद गुप्ता र उपप्रमुख मुना पोखरेललाई पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको उनीहरुको गुनासो छ ।
    हाल नगर प्रमुख काम विषेशले एक साताका लागी बाहिर गएका छन् । निमित्त प्रमुख पोखरेलले भने आफुले चाहेर पनि तलब खुवाउन नसकिएको लाचारी ब्यक्त गरेकी छिन् । 
    प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले आफुलाई नगरप्रमुखबाट अख्तियारी प्रदान नगरीएकाले तलब खुवाउन समस्या भएको बताए । केही समय यता नगरप्रमुख गुप्ता र प्रमुख प्रशासकिय अधिकृत घिमिरे बीच चर्केको विवादका कारण आर्थिक कारोबार रोकिएको छ । दुबै बीचको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी किरण थापाले समेत पहल गर्दा पनि समाधान निस्कन सकेको छैन । जस कारण नगरपालिकाबाट हुने विभिन्न गतिविधी समेत प्रभावित हुन थालेको भन्दै स्थानीयले अविलम्ब यसको समाधान खोजिनु पर्ने मागँ गरेका छन । 
उक्त शिक्षक तथा कर्मचारी आन्दोलनले नगरपालिका भित्र रहेका ३३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ७ सय ८१ जना विद्यार्थीको पढाई अवरुद्ध भएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
राधाकृष्ण मन्दिरमा चोरी
राधाकृष्ण मन्दिरमा चोरी
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा