किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए

राजविराज राजविराज
|
सोमबार, मंसिर २७, २०७८
|
|
७७ पटक हेरिएको
Shares
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए

सारांश

  •     अनुदानको गहुँको बिऊ आफ्नै केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानिय तथा भारतीय तिर्थयात्रुहरुले लुटेर लगेको गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले आरोप लगाएका छन् ।
  •       अध्यक्ष मण्डलले गँहुको बिऊ निमित्त प्रशासकीय अधिकृत महेश कुमार शर्मा, वडा नं.
  • ६ का अध्यक्ष बिरेन्द्र साह तथा उपाध्यक्ष उषाकुमारी मण्डललगायतको मिलोमतोमा गाहुको बिऊ लुटिएको दाबी गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ आइतबार लुटिएको छ । 
    अनुदानको गहुँको बिऊ आफ्नै केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानिय तथा भारतीय तिर्थयात्रुहरुले लुटेर लगेको गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले आरोप लगाएका छन् । 
    अध्यक्ष मण्डलले गँहुको बिऊ निमित्त प्रशासकीय अधिकृत महेश कुमार शर्मा, वडा नं. ६ का अध्यक्ष बिरेन्द्र साह तथा उपाध्यक्ष उषाकुमारी मण्डललगायतको मिलोमतोमा गाहुको बिऊ लुटिएको दाबी गरे ।   
    अध्यक्ष मण्डलले गाउँपालिकाको शसर्त अनुदान अन्तरगत २० लाख रकम बराबरको उक्त बिऊ खरीद गरिएको जानकारी दिए । उनले गाउँपालिका नजिकै रहेको छिन्नमस्ता मन्दिरको धर्मशालाको कोठामा राखिएको बिऊ ताला तोडेर केही स्थानिय र भारतीय तिर्थयात्रीहरुले लुटेर लगेको बताए । बिऊ लुटिएको खबर पाएपछि आफूले जिल्ला प्रहरी कार्यालयमा खबर गरे लगत्तै आएको प्रहरी टोलीले केही बोरा बिऊ बरामद गरेको जानकारी दिए ।  
    यता गाउँपालिका निमित्त प्रशासकीय अधिकृत शर्माले ती गहुँको बिऊ गाउँपालिकाले खरीद नगरेको जनाएका छन् । उनले उक्त गहुँको बिऊ कसले खरीद गरेर ल्याएको बारे आफूलाई थाहा नभएको स्पष्ट पारे । 
    स्थानियका अनुसार ५ सय २५ बोरा मध्ये १ सय जति बोरा केही स्थानियले लुटेको तथा बाँकी रहेका बोरा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा लुकेर बिक्रि गरेका छन् । उनीहरुले छिमेकी मुलुक भारतमा समेत गहुँको बिऊ बिक्रि गरिएको आरोप लगाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
लेनदेन र करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
लेनदेन र करणी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु