दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षासहित बुधबार राजविराजमा नमूना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराज नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा कार्यक्रमसहित नमूना मतदान कार्यक्रम आयोजना गरेको हो ।
मतदाता शिक्षा कार्यकर्ताको प्रयोग गरि सचेतनाका लागि मतदाता शिक्षा र नमूना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य १८ वर्षदेखी माथीका व्यक्तिलाई सहभागि गराई नमूना मतदान गराइएको थियो । निर्वाचन प्रक्रियाकै ढाँचामा गरिएको नमूना मतदान कार्यक्रममा १ सय भन्दा बढी सर्वसाधारण सहभागि भए ।
चुनावमा सदर मत बढाउन, सुसुचित मतदाता तयार गर्न र मतको महत्व बुझाउन थालिएको नमूना मतदान कार्यक्रम जिल्लाका सबै पालिकामा पु¥याइएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
बदर मत प्रतिशत घटाउन नमूना मतदान
सारांश
- जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराज नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा कार्यक्रमसहित नमूना मतदान कार्यक्रम आयोजना गरेको हो ।
- मतदाता शिक्षा कार्यकर्ताको प्रयोग गरि सचेतनाका लागि मतदाता शिक्षा र नमूना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए ।
- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य १८ वर्षदेखी माथीका व्यक्तिलाई सहभागि गराई नमूना मतदान गराइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया