महिला सप्तरी प्रिमियर लिग.  सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
महिला सप्तरी प्रिमियर लिग.  सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित

सारांश

  •     राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा सुरुङ्गाले खडकलाई ८ बिकेटले पराजित गरेको छ ।
  •       टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो ।
  •       ८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ असार । 
    नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारदेखी राजविराजमा सुरु भएको छ ।
    राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा सुरुङ्गाले खडकलाई ८ बिकेटले पराजित गरेको छ । 
    टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो । 
    ८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए । सुरुङ्गाका लागि रोमा थापाले नटआउट ३४ रन बनाए वापत म्यान अफ दि म्याच घोषित भईन् । 
    यसअघि प्रतियोगिताको उद्घाटन सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
    कार्यक्रमको उद्घाटन राजबिराज नगरपालिकाका उपप्रमुख साधना झा, सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उप प्रमुख यासमिन सुल्तानले संयुक्त रुपमा क्रमश ः ब्याटिंग, बलिङ र किपिंग गरेका थिए । 
    कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम तिलाठिकोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिती रहेको थियो ।     
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
अदालत भित्रै पाकेटमारी
अदालत भित्रै पाकेटमारी
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण