राजबिराज÷नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई बेलायत प्रशिक्षकद्वारा दुई दिने प्रशिक्षण दिइएको छ ।
शुक्रवारदेखी राजबिराजस्थित पबि माबि खेल मैदानमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला र पुरूष सम्मलित २५ जना क्रिकेट कोचलाई बेलायती कोचद्वारा प्रशिक्षण दिइएको हो ।
मधेश प्रदेशमा कोचहरूको उत्पादन तथा उनीहरूको क्षमता अभिबृद्विका लागि र दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम गरेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
सो तालिममा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेगका साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षित गरेका थिए ।
जिल्लामा पुरूष र महिलाहरूलाई क्रिकेटप्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्ला कोचको उत्पादन र क्षमता अभिबृद्विका तथा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गरेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण दिइएको हो ।
यस अघि फागुन ८ गते देखि १२ सम्म मधेश प्रदेश का ३५ जना महिला खेलाडीहरूलाई समेत प्रशिक्षण सम्पन्न गरेको फाउन्डेशनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण
सारांश
- सो तालिममा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेगका साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षित गरेका थिए ।
- जिल्लामा पुरूष र महिलाहरूलाई क्रिकेटप्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्ला कोचको उत्पादन र क्षमता अभिबृद्विका तथा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गरेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
- नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण दिइएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया