पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो

राजविराज राजविराज
|
सोमबार, पौष २९, २०८१
|
|
८० पटक हेरिएको
Shares
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो

सारांश

  •     सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो ।
  • यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
  •     पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।

    पुसी पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा सोमबार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । पुसी पुर्णिमाको अवसरमा सोमबार सप्तरीका आधा दर्जन भन्दा बढी पालिकाले सार्वजनिक बिदा समेत दिएको छ । 
    सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
    पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए । 
    सप्तकोशी नदीमा पूर्णिमा स्नानका लागि सुनसरी र सप्तरीका मात्र होइन । छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुर, सिम्राही, कर्जाईन, फारबिसगन्ज, सहर्षासम्मका वृद्धवृद्धा, बालबालिका तथा महिला पुरुषको भिड लागेको स्थानीयवासी गंगा साहले बताए । यहाँ लाग्ने एक दिने मेलालाई कृषि मेलाको रुपमा समेत चिनिदै आएको छ । मेलामा कृषि औजारहरुका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामाग्रीहरुको खरीद बिक्रीका लागि समेत महत्वपूर्ण मानिन्छ ।
    यस्तै जिल्लाको सप्तकोशी नगरपालिकाको ओद्रहास्थित मेग्जिन चुरिया, कंचनरुप नगरपालिकाको मलकोर र झनकट्टा नदी किनारमा समेत ठूलो संख्यामा भक्तजनले पूजापाठ र स्नान गरेको स्थानीयले जानकारी दिएका छन् । 
    यस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका, छिन्नमस्ता गाउँपालिका लगायत आधा दर्जन भन्दा बढी पालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
मैसापका पूर्व अध्यक्ष झाको निधनमा शोकसभा
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ