एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १०, २०७८
|
|
२५ पटक हेरिएको
Shares
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो

सारांश

  •     राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार प्राप्त रिर्पोटले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाका एक २६ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
  • उनी केही दिन अघि मात्र काम विषेशले भारत गई फर्केका थिए ।
  •       स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनी घरमै आइशोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
    सप्तरीको एक स्थानिय तहका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा एक महिना यता कोरोना संक्रमितको संख्या सात पुगेको छ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार प्राप्त रिर्पोटले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाका एक २६ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिन अघि मात्र काम विषेशले भारत गई फर्केका थिए । 
    स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनी घरमै आइशोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 
    यसअघि जिल्लाको रुपनी गाउँपालिकाकी एक महिला कर्मचारी पनि संक्रमित भएकी छिन् । उनी पनि होम आइशोलेशनमा छिन् । स्वास्थ्य मापदण्डको पालना गर्दै सबै संक्रमित अहिले होम आईशोलेशनमै बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । 
    यता सेवाग्राहिको चाप रहने सरकारी तथा स्थानीय तहका कर्मचारीमा संक्रमण देखिन थालेपछि सेवाग्राही र कर्मचारी दुबैमा त्रास बढेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा