राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २३, २०८०
|
|
४१ पटक हेरिएको
Shares
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 

सारांश

  •     संसदको पूर्वाधार विकास समितिको तर्फबाट सांसद डा.
  • सिके राउत नेतृत्वको टोलीले बिहीवार योजना स्थलमै अनुगमन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
  •     टोलीका संयोजक डा.

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    सप्तरीमा संचालित योजनाहरुमा व्यापक लापरवाही भएको अनुगमनमा पुगेको संसदीय टोलीले निष्कर्ष निकालेको छ । पहिलो दिन बिहीबार अनुगमन गरेको राजविराजको तीन वटा योजनाको काम सन्तोषजनक नरहेको टोलीले बताएको छ । 
    संसदको पूर्वाधार विकास समितिको तर्फबाट सांसद डा. सिके राउत नेतृत्वको टोलीले बिहीवार योजना स्थलमै अनुगमन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
    टोलीका संयोजक डा. राउतले राजविराज ७ स्थित हटियामा निर्माणाधीन सपीङ्ग कम्प्लेक्सको काम पटक पटकको म्याद थप्दा समेत पुरा नगरेको, राजविराज २ मा निर्माण भइरहेको बस पार्कको काम पनि अहिलेसम्म पुरा नभएको तथा राजविराज ३ स्थित गजेन्द्र नारायण सिंह अस्पताल भवन निर्माणको काम पनि सुस्त गतिमा अघि बढेकोमा असन्तुष्टि व्यक्त गरे । 
    सांसद डा. राउतले काममा ठेकेदारहरुको पुरै लापरवाही देखिएको भन्दै तीन तीन पटक म्याद थप्दा पनि पुरा नगरिएका कामलाई यस्तै लापरवाही गरिरहे ठेकेदारलाई संसदीय समितिमा झिकाउने, कालो सूचीमा राख्ने र ठेक्कै बदर गर्नेसम्मको चेतावनी समेत दिए ।
    संचारकर्मीहरुसित कुरा गर्दै टोलीमा आएकी सांसद निशा डांगी, सासंद बिना लामा तथा सांसद दिनेश कुमार यादवले पूर्व सूचना दिएर टोली आउँदा समेत ठेकेदार अनुपस्थित रहेको तथा काममा निकै ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरे । 
    टोलीमा संघीय सांसद दिनेश कुमार यादव, सुशिला श्रेष्ठ तथा भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत लक्ष्मी देवी भण्डारी पनि सहभागी छन् । 
    संसदीय टोलीको अनुगमनमा मधेश प्रदेशका शिक्षा मन्त्रि महेश प्रसाद यादव, प्रदेश सभा सदस्य सतिश कुमार सिंह तथा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीन पनि सहभागि छन् । 
    टोलीले शुक्रवार राजविराज–रुपनी–हनुमाननगर सडक खण्ड, राजविराज–छिन्नमस्ता सडक खण्ड, कठौना–पातो सडक खण्ड तथा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न सडक खण्डहरुमा भइरहेको निर्माण कार्यको अनुगमन गर्ने कार्यक्रम रहेको जनाएको छ ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन