वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
१०३ पटक हेरिएको
Shares
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव

सारांश

  • नेपाली कम्युनिष्ट पार्टी सप्तरीको जिल्ला पार्टी एकता तथा समायोजनसँगै आयोजित एकदिने प्रशिक्षण कार्यक्रमलाई सोमबार राजविराजमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • पूर्वमन्त्री समेत रहेका इन्चार्ज यादवले रास्वपाको नेतृत्वको सरकारले मनोमानी ढंगले काम गरिरहेको आरोप लगाउँदै किसानहरू मलखादको अभावका कारण समस्यामा पर्दासमेत सरकारले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको बताए ।
  • नेपाली कम्युनिष्ट पार्टी सदैव दलित, आदिवासी जनजाति, थारु, मुस्लिम तथा अन्य उत्पीडित समुदायको अधिकारका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
दैनिक समाचारदाता
राजविराज, ९ भदौ । 
नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज महेन्द्र राय यादवले किसान, दलित, मधेसी, आदिवासी जनजाति, थारु तथा मुस्लिम समुदायका समस्याप्रति सरकार गम्भीर नरहेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी सप्तरीको जिल्ला पार्टी एकता तथा समायोजनसँगै आयोजित एकदिने प्रशिक्षण कार्यक्रमलाई सोमबार राजविराजमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वमन्त्री समेत रहेका इन्चार्ज यादवले रास्वपाको नेतृत्वको सरकारले मनोमानी ढंगले काम गरिरहेको आरोप लगाउँदै किसानहरू मलखादको अभावका कारण समस्यामा पर्दासमेत सरकारले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको बताए ।
नेपाली कम्युनिष्ट पार्टी सदैव दलित, आदिवासी जनजाति, थारु, मुस्लिम तथा अन्य उत्पीडित समुदायको अधिकारका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
उनले मधेसी जनताले लामो संघर्षपछि केही अधिकार प्राप्त गरे पनि अझै पूर्ण न्याय प्राप्त गर्न नसकेको उल्लेख गर्दै अधिकारसँगै न्यायका लागि संघर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश संयोजक राजु खडकाले मधेसी जनताले पार्टी निर्माण र राजनीतिक आन्दोलनमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पार्टीलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
पार्टीका मधेस प्रदेश सहसंयोजक छत्रबहादुर श्रेष्ठले पार्टी विस्तारका लागि आपसी एकता कायम राख्दै जिल्ला, गाउँ र वडा तहसम्म संगठन विस्तार गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
नेपाली कम्युनिष्ट पार्टी सप्तरीका जिल्ला संयोजक प्रताप नारायण चौधरीको अध्यक्षता आयोजित कार्यक्रममा पार्टीका मधेस प्रदेश सहइन्चार्ज श्रीप्रसाद साह, सप्तरी जिल्ला इन्चार्ज सूर्यनाथ यादव, केन्द्रीय सदस्य तथा सहइन्चार्ज उषा पोखरेल लगायतले पार्टी संगठन सुदृढीकरण, एकता र आगामी राजनीतिक कार्यदिशाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन

छुटाउनुभयो कि ?