सप्तरीमा ७० जनाले गरे आत्महत्या

राजविराज राजविराज
|
बुधबार, भाद्र २५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सप्तरीमा ७० जनाले गरे आत्महत्या

सारांश

  •     यसरी आत्महत्याका घटना वढेपछि न्युनिकरणका लागि सप्तरी प्रहरी प्रशासनले चासो देखाएको छ ।
  • आत्महत्या रोकथाम दिवसको अवसर पारेर प्रहरीले समुदायस्तरमा जनचेतना कार्र्यक्रम प्रारम्भ गरेको छ ।
  •       कार्यक्रम अन्र्तगत मंगलबार राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आमनागरिकलाई आत्महत्या विरुद्ध सचेत गराउने प्रयास गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
    सप्तरी जिल्लामा आत्महत्याका घटना डरलाग्दो रहेको छ । जिल्लामा एक वर्षको अवधीमा ७० जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । 
    यसरी आत्महत्याका घटना वढेपछि न्युनिकरणका लागि सप्तरी प्रहरी प्रशासनले चासो देखाएको छ । आत्महत्या रोकथाम दिवसको अवसर पारेर प्रहरीले समुदायस्तरमा जनचेतना कार्र्यक्रम प्रारम्भ गरेको छ । 
    कार्यक्रम अन्र्तगत मंगलबार राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आमनागरिकलाई आत्महत्या विरुद्ध सचेत गराउने प्रयास गरिएको छ ।

    आयोजित कार्यक्रमा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले आत्महत्याको बढ्दो घटना प्रति चिन्ता व्यक्त गर्दै यसलाई न्युनिकरण गर्न किटनाशक औषधि, मादकपदार्थ र लागु् औषधमा निगरानी तथा अनुगमन, मानसिक समस्याको उपचार, स्वास्थ्यकर्मीलाई सम्वद्ध तालिम, जनमानस र स्कुल कलेजमा जागरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सुनाए ।
    प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर शारदा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, मनोेरोग परामर्शदाता मनिशा सिम्खडा, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार महासंघका सहसचिव चन्दन यादव, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी लगायतले आत्महत्या जटिल समस्याको रुपमा देखा परे्को भन्दै प्रहरी र नागरिक सामाज मिलेर रोकथामको प्रयास गर्नु पर्नेमा जोड दिएका थिए ।
    आ.ब. २०७५ साउनदेखि हालसम्मको अवधिमा जिल्लामा ७० जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । जसमध्ये महिलाको संख्या ३६ र पुरुषको संख्या ३४ रहेको छ । 
    परिवारिक कलह, प्रेममा धोखा, बेरोजगारी, परिक्षामा असफलता, मानसिक तनाव, एक्लोपना र आर्थिक विपन्नता लगायतका कारणले आत्महत्या गर्नेको संख्या वर्षेणी बढ्दै गएको भन्दै अन्तरक्रियाका सहभागीहरुले यसलाई न्युनिकरण गर्न जिल्लाका सबै १८ वटै स्थानीय तहमा नागरिक र प्रहरी मिलेर सचेतना अभियान चलाउपर्ने सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी
शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी
सडेगलेको अवस्थामा महिलाको शव फेला 
सडेगलेको अवस्थामा महिलाको शव फेला 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना