दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
आफ्नो स्थापना दिवसमा साझा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबारदेखी पुस्तक प्रदर्शनीको सुरु गरेको छ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले एक कार्यक्रमबीच पुस्तक प्रदर्शनीको उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नुपर्नेमा जोड दिए । उनले अहिलेको युगमा पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएको प्रति चिन्ता समेत व्यक्त गरे । साहित्यिक संस्था साझा प्रकाशनको उत्थानका लागि आफूले पनि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
१५ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् । एक हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी पुष १ गतेसम्म चल्ने र उक्त अवधीभर विभिन्न विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशनले जनाएको छ ।
स्थापना दिवसमा पुस्तक प्रदर्शनी
सारांश
- आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले एक कार्यक्रमबीच पुस्तक प्रदर्शनीको उद्घाटन गरेका छन् ।
- सो अवसरमा उनले वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नुपर्नेमा जोड दिए ।
- उनले अहिलेको युगमा पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएको प्रति चिन्ता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया