सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 

राजविराज राजविराज
|
मंगलबार, आषाढ ५, २०८०
|
|
६३ पटक हेरिएको
Shares
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 

सारांश

  •     पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंग्सलाई ३६ रनले पराजित गर्यो भने दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गर्यो ।
  •     स्थानिय पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा राजबिराज द किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाउन सफल भयो ।
  • जसमा अभिषेक कार्कीले सर्वाधिक ४१, बिक्रम सोबले २८ तथा तृत राज दासले १८ रन बनाए ।

दैनिक समाचारदाता
राजविराज, ५ असार ।

    राजविराजमा जारि सप्तरी प्रिमियर लिगमा मंगलबार सम्पन्न खेलमा छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी भएका छन् । 
    पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज द किंग्सलाई ३६ रनले पराजित गर्यो भने दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई ७ विकेटले पराजित गर्यो ।
    स्थानिय पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा राजबिराज द किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाउन सफल भयो । जसमा अभिषेक कार्कीले सर्वाधिक ४१, बिक्रम सोबले २८ तथा तृत राज दासले १८ रन बनाए । टस हारेर ब्याटिंग गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ५८ रन बनाएको थियो ।  
    छिन्नमस्ताका लागि राहुल मण्डलले सर्वाधिक ५०, शुभ कंसाकारले ३२ रन बनाए भने हिमांशु दत्ता र पप्पु यादवले समान १६ रन बनाए । कप्तान शरद भेसावकरले ११ रन बनाएका थिए ।
    राजविराजका बलिंगमा अभिषेक कार्की, तृत राज दास र सन्तोष कार्कीले २÷२ तथा बिक्रम सोबले १ विकेट लिए । सो खेलमा प्लेयर अफ द म्याच राहुल मण्डल भए । 
    यस्तै दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुलले दिएको १ सय ३८ रनको लक्ष्य १५ ओभरमा ३ विकेट क्षतीमा प्राप्त ग¥यो । कन्चनरुपका लागि अमित यादवले सर्वाधिक ६७, सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ रन तथा अविनाश कर्णले २१ रन बनाए । बसिर अहमदले २ तथा रोबिन सिंहले १ विकेट लिए ।     
    यस अघि टस जितेर ब्याटिंग गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । जसमा पवन सर्राफले सर्वाधिक ५०, बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन बनाए । कन्चनरुपको बलिंगमा राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले २÷२ विकेट लिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
प्रहरीद्वारा एकै दिन १७ जना  फरार प्रतिवादी पक्राउ
प्रहरीद्वारा एकै दिन १७ जना  फरार प्रतिवादी पक्राउ
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन