दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
भैसीमा देखिने समस्या र भैंसी पालनमा बृद्वि गर्ने उद्देश्यले सप्तरीको रुपनी गाउापालिकामा भैंसी प्रजनन् सम्बन्धी एक दिने स्वास्थ शिबिरको आयोजना गरिएको छ ।
रूपनी गाउपालिका वडा ६ स्थित चौधरीबस्तीमा बुधबार राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम अन्तर्गत यस क्षेत्रको ५० वटा भैसीको स्वास्थ उपचारसँगै आबश्यक औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश यादवले जानकारी दिए ।
उक्त शिविरमा अधिकांश भैसीमा पोषणको समस्या देखिएको र शरिरमा चाहिने मासु नभएको र खानपानमा उचित सन्तुलन नभएको एनबिआरपीका डा.पंकज झाले जानकारी दिए ।
भैंसी पालकहरूले समयमा औषधी उपचारसँगै आन्तरिक परिजिवी सम्बन्धी औषधी नदिएको पाईएकोले प्रजनन् सम्बन्धी समस्या हुने गरेको राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका प्रमुख पवन झाको भनाई छ ।
उनले उचित खानपिन र आबश्यक औषधी नपाउदा दूध उत्पादनमा कमि आउने गरेकोले भैंसी पालनमा आकर्षण बढाउन समुचित ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।
प्रमुख झा अनुसार सुनसरी, सप्तरीको रूपनीसहित तिरहुतको डिमन, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको महुलीमा भैंसी स्वास्थ शिविर संचालन गर्दै आएको बताए ।
यस अघि पहिलो चरणमा भैसीपालकहरूलाई भैसीपालन सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा प्रजनन् स्वास्थ शिविरको आयोजना गरेको प्रमुख झा बताउछन ।
सो अवसरमा भैसीहरूको उपचार पश्चात् रूपनी गाउपालिकाका अध्यक्ष यादबले कृषक÷भैसीपालकहरूलाई भैसीका लागि चाहिने आबश्यक औषधी वितरण गरेका थिए ।
आई.एल.आर.आईको सहयोगमा तथा साईकृषी सहकारी संस्था रूपनी १ का अध्यक्ष तेज नारायण यादबको अगुवाईमा संचालित शिविरमा डा. शिवनाथ महतो, डा. पंकज झा, डा लिलाराम पाठक र डा. यनमनी नेपालले भैसिको उपचार गरेका थिए ।
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर
सारांश
- रूपनी गाउपालिका वडा ६ स्थित चौधरीबस्तीमा बुधबार राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम अन्तर्गत यस क्षेत्रको ५० वटा भैसीको स्वास्थ उपचारसँगै आबश्यक औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश यादवले जानकारी दिए ।
- उक्त शिविरमा अधिकांश भैसीमा पोषणको समस्या देखिएको र शरिरमा चाहिने मासु नभएको र खानपानमा उचित सन्तुलन नभएको एनबिआरपीका डा.
- पंकज झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया