दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
राजविराज–रुपनी सडकखण्ड अन्तरगत राजविराज ९ मलेठस्थित आँखा अस्पताल नजिकै सडक जिर्ण हुँदा सम्बन्धीत निकायको लापरवाहीका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।
एक वर्षदेखी करिब आधा किलोमिटर जति सडक जिर्ण हुँदा समेत सम्बन्धीत निकायले मर्मत गर्नेतर्फ ध्यान दिन नसक्दा दिनहुजसो दुर्घटना हुने गरेको छ ।
यता सडक छेउमै रहेको आखा अस्पतालमा बिरामीहरु आउँदा उनीहरु धुलोका कारण झनै बिरामी हुनेगरेको अस्पतालका चिकित्सक रामकुमार झाले बताए ।
सडक मर्मत गर्नेतर्फ कसैले चासो नदेखाएपछि मंगलबार स्थानिय अमरनाथ मण्डलको अगुवाईमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
लामो समयदेखी जिर्ण रहेको सडक मर्मत नहुँदा सडकमा गुडेका टिपर, ट्रक, बस, कार, मोटरसाइकल, अटो लगायतका सवारीले उडाएको धुलोले आँखा जचाउन आएका बिरामी मात्र होइन्, आसपासका बासिन्दा पनि समस्यामा परेका छन् । उनीहरुको घर सधैभरी धुलोले फोहर हुने गरेको छ भने यातायातका साधनहरु गुड्नाले दुर्घटना समेत हुने सम्भावना पनि त्यतिकै छ ।
जर्जर बनेको करिब आधी किलोमिटर सडक विगत एक वर्षदेखी बनाउन सडक डिभिजन कार्यालय लहानलाई पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि सुनुवाई नभएको वडा अध्यक्ष शम्भु प्रसाद यादवको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले ध्यानाकर्षण पत्र बुझ्दै तत्कालै सडक डिभिजन कार्यालय लहानलाई पत्राचार गरि उक्त सडक खण्ड मर्मतका लागि पहल गर्ने आश्वासन दिएको ध्यानाकर्षण पत्र बुझाएका मण्डलले जानकारी दिए । यता अविलम्ब सो सडक मर्मत नगरिए आन्दोलन गर्ने स्थानीयले चेतावनी समेत दिएका छन् ।
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
सारांश
- एक वर्षदेखी करिब आधा किलोमिटर जति सडक जिर्ण हुँदा समेत सम्बन्धीत निकायले मर्मत गर्नेतर्फ ध्यान दिन नसक्दा दिनहुजसो दुर्घटना हुने गरेको छ ।
- यता सडक छेउमै रहेको आखा अस्पतालमा बिरामीहरु आउँदा उनीहरु धुलोका कारण झनै बिरामी हुनेगरेको अस्पतालका चिकित्सक रामकुमार झाले बताए ।
- सडक मर्मत गर्नेतर्फ कसैले चासो नदेखाएपछि मंगलबार स्थानिय अमरनाथ मण्डलको अगुवाईमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया