दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
राजविराज–रुपनी सडकखण्ड अन्तरगत राजविराज ९ मलेठस्थित आँखा अस्पताल नजिकै सडक जिर्ण हुँदा सम्बन्धीत निकायको लापरवाहीका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।
एक वर्षदेखी करिब आधा किलोमिटर जति सडक जिर्ण हुँदा समेत सम्बन्धीत निकायले मर्मत गर्नेतर्फ ध्यान दिन नसक्दा दिनहुजसो दुर्घटना हुने गरेको छ ।
यता सडक छेउमै रहेको आखा अस्पतालमा बिरामीहरु आउँदा उनीहरु धुलोका कारण झनै बिरामी हुनेगरेको अस्पतालका चिकित्सक रामकुमार झाले बताए ।
सडक मर्मत गर्नेतर्फ कसैले चासो नदेखाएपछि मंगलबार स्थानिय अमरनाथ मण्डलको अगुवाईमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
लामो समयदेखी जिर्ण रहेको सडक मर्मत नहुँदा सडकमा गुडेका टिपर, ट्रक, बस, कार, मोटरसाइकल, अटो लगायतका सवारीले उडाएको धुलोले आँखा जचाउन आएका बिरामी मात्र होइन्, आसपासका बासिन्दा पनि समस्यामा परेका छन् । उनीहरुको घर सधैभरी धुलोले फोहर हुने गरेको छ भने यातायातका साधनहरु गुड्नाले दुर्घटना समेत हुने सम्भावना पनि त्यतिकै छ ।
जर्जर बनेको करिब आधी किलोमिटर सडक विगत एक वर्षदेखी बनाउन सडक डिभिजन कार्यालय लहानलाई पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि सुनुवाई नभएको वडा अध्यक्ष शम्भु प्रसाद यादवको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले ध्यानाकर्षण पत्र बुझ्दै तत्कालै सडक डिभिजन कार्यालय लहानलाई पत्राचार गरि उक्त सडक खण्ड मर्मतका लागि पहल गर्ने आश्वासन दिएको ध्यानाकर्षण पत्र बुझाएका मण्डलले जानकारी दिए । यता अविलम्ब सो सडक मर्मत नगरिए आन्दोलन गर्ने स्थानीयले चेतावनी समेत दिएका छन् ।
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
सारांश
- एक वर्षदेखी करिब आधा किलोमिटर जति सडक जिर्ण हुँदा समेत सम्बन्धीत निकायले मर्मत गर्नेतर्फ ध्यान दिन नसक्दा दिनहुजसो दुर्घटना हुने गरेको छ ।
- यता सडक छेउमै रहेको आखा अस्पतालमा बिरामीहरु आउँदा उनीहरु धुलोका कारण झनै बिरामी हुनेगरेको अस्पतालका चिकित्सक रामकुमार झाले बताए ।
- सडक मर्मत गर्नेतर्फ कसैले चासो नदेखाएपछि मंगलबार स्थानिय अमरनाथ मण्डलको अगुवाईमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया