दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
राजविराज नगरपालिकाकाले शुक्रवारदेखि लागु हुने गरी दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत ६९ जना कर्मचारी हटाएको छ । नगरपालिकाले सरसफाई कर्मचारी बाहेक सबै दैनिक तथा मासिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई हटाएको हो ।
मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि ती कर्मचारीहरुलाई हटाइएको प्रमुख प्रशासकिय अधिकृत धर्मनाथ जोशीद्वारा शुक्रबार जारि सूचनामा उल्लेख छ ।
यसरी सेवाबाट हटाइएका मध्ये नगरपालिकामा २२ वर्षदेखि काम गर्दै आएका कर्मचारीदेखी पूर्व जनप्रतिनिधिदेखि वर्तमान जनप्रतिनिधिद्वारा दैनिक तथा मासिक ज्यालादारीमा राखिएका कर्मचारी समेत परेका छन् ।
सो निर्णय विहीवार नगरकार्यापालिकाको बैठकबाट भएको जनाउँदै सूचनामा खर्च घटाउन यस्तो निर्णय गरिएको स्पष्ट पारिएको छ । राजविराज नगरपालिकामा विभिन्न विभाग र फाँटका गरी झण्डै २ सय ५० कर्मचारी छन् । यसअघि राजश्व बाडफाँडबाट आउने रकमले तलब खुवाई कर्मचारीलाई नगरपालिकाले थामथुम पार्दै आएको थियो ।
नगरपालिकाका लेखापाल शत्रुघनलाल दासका अनुसार पालिकाका कर्मचारी, शिक्षा, स्वास्थ लगायतको कर्मचारीको तलबमा मात्रै मासिक १ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी अहिले निलम्बित अवस्थामा छन् । नगरप्रमुख निर्वाचित हुनु अघिनै उनीमाथि एक निर्माण कार्यमा अनियमितताका आरोप लागेको थियो ।
जसकारण उपप्रमुख इसरत परवीनले कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेका छन् । उनले बजेटको अभावको कारण बढ्दो खर्च धान्न कठिन भएपछि कार्यपालिका बैठकले कर्मचारी कटौती गर्ने निर्णय गरेको बताइन ।
यता वर्षौदेखि काम गर्दै आएका आफुहरुलाई एक्कासी हटाएर नगरपालिकाले अन्याय गरेको कर्मचारीहरुले गुनासो पोखेका छन् । आफुहरुसँग कुनै छलफल र जानकारी समेत नदिई एक्कासी सेवाबाट हटाइएको सूचना जारी गरेर अन्याय गरिएको बताउँदै एक कर्मचारीले पुनः नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य चेतावनी दिएका छन् ।
एकातिर कर्मचारी अभावले नगरपालिकाको दैनिक कामकाज प्रभावित बन्दै गएको बेला एकै पटक ठुलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउँदा यसले थप जटिलता उत्पन्न गराउने नगरवासीको भनाई छ ।
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए
सारांश
- मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि ती कर्मचारीहरुलाई हटाइएको प्रमुख प्रशासकिय अधिकृत धर्मनाथ जोशीद्वारा शुक्रबार जारि सूचनामा उल्लेख छ ।
- यसरी सेवाबाट हटाइएका मध्ये नगरपालिकामा २२ वर्षदेखि काम गर्दै आएका कर्मचारीदेखी पूर्व जनप्रतिनिधिदेखि वर्तमान जनप्रतिनिधिद्वारा दैनिक तथा मासिक ज्यालादारीमा राखिएका कर्मचारी समेत परेका छन् ।
- सो निर्णय विहीवार नगरकार्यापालिकाको बैठकबाट भएको जनाउँदै सूचनामा खर्च घटाउन यस्तो निर्णय गरिएको स्पष्ट पारिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया