राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए

राजविराज राजविराज
|
शुक्रबार, जेठ २६, २०८०
|
|
७२ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए

सारांश

  • मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि ती कर्मचारीहरुलाई हटाइएको प्रमुख प्रशासकिय अधिकृत धर्मनाथ जोशीद्वारा शुक्रबार जारि सूचनामा उल्लेख छ ।
  •   यसरी सेवाबाट हटाइएका मध्ये नगरपालिकामा २२ वर्षदेखि काम गर्दै आएका कर्मचारीदेखी पूर्व जनप्रतिनिधिदेखि वर्तमान जनप्रतिनिधिद्वारा दैनिक तथा मासिक ज्यालादारीमा राखिएका कर्मचारी समेत परेका छन् ।
  • सो निर्णय विहीवार नगरकार्यापालिकाको बैठकबाट भएको जनाउँदै सूचनामा खर्च घटाउन यस्तो निर्णय गरिएको स्पष्ट पारिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 

राजविराज नगरपालिकाकाले शुक्रवारदेखि लागु हुने गरी दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत ६९ जना कर्मचारी हटाएको छ । नगरपालिकाले सरसफाई कर्मचारी बाहेक सबै दैनिक तथा मासिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई हटाएको हो । 
मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि ती कर्मचारीहरुलाई हटाइएको प्रमुख प्रशासकिय अधिकृत धर्मनाथ जोशीद्वारा शुक्रबार जारि सूचनामा उल्लेख छ । 
यसरी सेवाबाट हटाइएका मध्ये नगरपालिकामा २२ वर्षदेखि काम गर्दै आएका कर्मचारीदेखी पूर्व जनप्रतिनिधिदेखि वर्तमान जनप्रतिनिधिद्वारा दैनिक तथा मासिक ज्यालादारीमा राखिएका कर्मचारी समेत परेका छन् ।
सो निर्णय विहीवार नगरकार्यापालिकाको बैठकबाट भएको जनाउँदै सूचनामा खर्च घटाउन यस्तो निर्णय गरिएको स्पष्ट पारिएको छ । राजविराज नगरपालिकामा विभिन्न विभाग र फाँटका गरी झण्डै २ सय ५० कर्मचारी छन् । यसअघि राजश्व बाडफाँडबाट आउने रकमले तलब खुवाई कर्मचारीलाई नगरपालिकाले थामथुम पार्दै आएको थियो । 
नगरपालिकाका लेखापाल शत्रुघनलाल दासका अनुसार पालिकाका कर्मचारी, शिक्षा, स्वास्थ लगायतको कर्मचारीको तलबमा मात्रै मासिक १ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । 
    राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी अहिले निलम्बित अवस्थामा छन् । नगरप्रमुख निर्वाचित हुनु अघिनै उनीमाथि एक निर्माण कार्यमा अनियमितताका आरोप लागेको थियो । 
    जसकारण उपप्रमुख इसरत परवीनले कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेका छन् । उनले बजेटको अभावको कारण बढ्दो खर्च धान्न कठिन भएपछि कार्यपालिका बैठकले कर्मचारी कटौती गर्ने निर्णय गरेको बताइन । 
यता वर्षौदेखि काम गर्दै आएका आफुहरुलाई एक्कासी हटाएर नगरपालिकाले अन्याय गरेको कर्मचारीहरुले गुनासो पोखेका छन् । आफुहरुसँग कुनै छलफल र जानकारी समेत नदिई एक्कासी सेवाबाट हटाइएको सूचना जारी गरेर अन्याय गरिएको बताउँदै एक कर्मचारीले पुनः नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य चेतावनी दिएका छन् ।
    एकातिर कर्मचारी अभावले नगरपालिकाको दैनिक कामकाज प्रभावित बन्दै गएको बेला एकै पटक ठुलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउँदा यसले थप जटिलता उत्पन्न गराउने नगरवासीको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी