प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 

राजविराज राजविराज
|
सोमबार, आषाढ १४, २०७८
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 

सारांश

  • सप्तरीको रुपनीस्थित सवडिभिजन वन कार्यालय परिसर तथा आसपासका क्षेत्रमा     प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बोट रोपेर सप्तरी जिल्लामा अभियानको सुरुवात गरेका हुन् ।
  •       बृक्षारोपण अभियानको शुभारम्भ गर्दै मन्त्री साहले अनियन्त्रित वन फडानीले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्नुका साथै विभिन्न खाले माहामारी जस्ता विपद् ल्याउने भएकाले यसबाट जोसगन र प्रदेशलाई स्वच्छ, समृद्ध र हरियाली बनाउन अभियान थालिएको बताए ।
  •       उनीसँगै आएका वन मन्त्रालयका उपसचिव हेमन्त साह, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठका साथै रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, वनअधिकृत रामअशिष यादव लगायतले पनि विभिन्न जातका बिरुवा रोप्दै यसको संरक्षणमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ असार ।
    सोमबारदेखी प्रदेश २ को ८ वटै जिल्लामा प्रदेश हरित अभियान २०७८ को सुरुवात भएको छ । स्वच्छ, समृद्ध तथा हरियाली प्रदेश बनाउने उद्देश्यले सो अभियानको सुरुवात गरिएको हो । 
सप्तरीको रुपनीस्थित सवडिभिजन वन कार्यालय परिसर तथा आसपासका क्षेत्रमा     प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बोट रोपेर सप्तरी जिल्लामा अभियानको सुरुवात गरेका हुन् । 
    बृक्षारोपण अभियानको शुभारम्भ गर्दै मन्त्री साहले अनियन्त्रित वन फडानीले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्नुका साथै विभिन्न खाले माहामारी जस्ता विपद् ल्याउने भएकाले यसबाट जोसगन र प्रदेशलाई स्वच्छ, समृद्ध र हरियाली बनाउन अभियान थालिएको बताए । 
    उनीसँगै आएका वन मन्त्रालयका उपसचिव हेमन्त साह, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठका साथै रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, वनअधिकृत रामअशिष यादव लगायतले पनि विभिन्न जातका बिरुवा रोप्दै यसको संरक्षणमा जोड दिएका थिए । 
यता प्रदेश २ को ८ वटै जिल्लामा एकै दिनदेखी सुरु भएको अभियानको धनुषामा मुख्यमन्त्री लालबाबु राउत तथा बाँकी ६ जिल्लामा अन्य मन्त्रीहरुले बृक्षारोपन गरि अभियानको सुरुवात गरेका हुन् ।
    अभियान अन्तरगत प्रदेश २ का ८ वटै जिल्लामा कुल १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 
    
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
प्रहरी उपरिक्षक सम्मानित
प्रहरी उपरिक्षक सम्मानित
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
मन्त्री साहद्वारा  चिसोपीडितलाई कम्बल प्रदान
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन