रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
७० पटक हेरिएको
Shares
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने

सारांश

  •     गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आईतबार आँखा पोल्ने रोग केही वडामा फैलिएको र डेंगुको प्रकोप बढ्दै गएकोले यसका उपायबारे सरोकारबालाहरुसंग छलफल गरेको हो ।
  •     छलफलमा सरोकारबालाहरुले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानिय बुद्धिजिवीहरुको सहभागितामा प्रत्येकवडामा जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन् ।
  •       उनीहरुले आँखा पाक्ने रोगका संक्रमितलाई स्वास्थ्य चौकी मार्फत समयमै औषधि उपलब्ध गराउन र डेंगु रोग लाग्न नदिन सरसफाई आवश्यक भएकोले सोका लागि जनचेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असार । 

    सप्तरीको रुपनी गाउँपालिकाले आँखा पोल्ने रोग नियन्त्रण तथा डेंगुको रोकथामका उपाय बारे सरोकारबालासंग छलफल गरेको छ ।
    गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आईतबार आँखा पोल्ने रोग केही वडामा फैलिएको र डेंगुको प्रकोप बढ्दै गएकोले यसका उपायबारे सरोकारबालाहरुसंग छलफल गरेको हो ।
    छलफलमा सरोकारबालाहरुले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानिय बुद्धिजिवीहरुको सहभागितामा प्रत्येकवडामा जनचेतनामूलक कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन् । 
    उनीहरुले आँखा पाक्ने रोगका संक्रमितलाई स्वास्थ्य चौकी मार्फत समयमै औषधि उपलब्ध गराउन र डेंगु रोग लाग्न नदिन सरसफाई आवश्यक भएकोले सोका लागि जनचेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिए ।
    गाउँपालिका अध्यक्ष यादवले सरोकारबालाहरुले दिएका सुझाव अनुसार पत्येक वडामा प्रचारप्रसार संगै चेतना जगाउने कार्य गरिने बताए । उनले छिट्टै वडा स्तरमा टोल गठन गरेर अघि बढ्ने जानकारी दिए । छलफलमा स्वाथ्यकर्मी, जनप्रतिनिधि, पत्रकार तथा बुद्धिजिवीहरुको सहभागिता थियो ।
    यसैबीच गाउँपालिकाले किसानलाई सुपथ मूल्यमा मलखाध उपलब्ध गराउन दररेट निर्धारण गरेको छ । डिएपी प्रतिबोरा रु दुईहजार पाँचसय, युरिया एक हजार र पोटास एक हजार आठ सय निर्धारण गरेका छन् । त्यस्तै खुद्रा प्रतिकिलो डिएपी रु ५१, युरिया रु २१ र पोटास रु ४० प्रतिकिलो निर्धारण गरिएको रुपनी गाउँपालिका कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
करेन्ट लागेर यूवकको मृत्यु
करेन्ट लागेर यूवकको मृत्यु
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ