दैनिक समाचारदाता
राजविराज, १४ गते ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आँखा र कानको रोगीहरुका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ ।
वडा नम्बर ५ स्थित रहेको कन्त चन्द्र माध्यमिक विद्यालय पातोमा आँखा तथा कानका रोगीहरुका लागि निःशुल्क शिविर संचालन गरिएको हो ।
शनिवार आयोजना गरिएको शिविरमा आँखा र कानका तीनसय ६० जना रोगीले सेवा लिएको आयोजक संस्थाले जनाएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहयोग तथा निःसहाय सेवा समिति पातो एवं डाक्नेश्वरी मानव अधिकार नगर समूहले संयुक्त रुपमा सञ्चालन गरिएको सो शिविरमा नेपाल र छिमेकी राष्ट्र भारतको विहार राज्य समेतवाट आँखा तथा कानका रोगीहरु सेवा लिन आएका थिए ।
दुई सय ६० जना आँखाका विरामीहरुलाई जाँच गरिएको मध्ये ७५ जना मोतियाविन्दुका रोगी निशुल्क अप्रेशनको लागि छनौट गरिएको निःसहाय सेवा समितिका सचिव रामचन्द्र मण्डलले जानकारी दिए ।
उनले शिविरमा ४८ जना कानका विरामीको उपचार गरिएको बताए ।
डाक्नेश्वरीमा आँखा र कानको निःशुल्क शिविर सम्पन्न
सारांश
- वडा नम्बर ५ स्थित रहेको कन्त चन्द्र माध्यमिक विद्यालय पातोमा आँखा तथा कानका रोगीहरुका लागि निःशुल्क शिविर संचालन गरिएको हो ।
- शनिवार आयोजना गरिएको शिविरमा आँखा र कानका तीनसय ६० जना रोगीले सेवा लिएको आयोजक संस्थाले जनाएको छ ।
- सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहयोग तथा निःसहाय सेवा समिति पातो एवं डाक्नेश्वरी मानव अधिकार नगर समूहले संयुक्त रुपमा सञ्चालन गरिएको सो शिविरमा नेपाल र छिमेकी राष्ट्र भारतको विहार राज्य समेतवाट आँखा तथा कानका रोगीहरु सेवा लिन आएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया