दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच मंगलबार कुटाकुट हुँदा अध्यक्षको दात भाचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ ।
किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच कुटाकुट भएको हो ।
अध्यक्ष र उपाध्यक्षबीच भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ । कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् ।
बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामाथी कुर्सीले आक्रमण गर्दा अध्यक्षको दात टुटेको र उपाध्यक्षको हातमा चोट लागेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरीद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी बितरण गर्ने सन्दर्भमा बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्र बिऊ बिजन बितरण गर्ने र उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बितरण गर्नु पर्ने अडान लिएपछि उत्पन्न विवाद गाली गलौज हुँदै कुटपिटमा परिणत भएको थियो ।
यता डिएसपी माधवप्रसाद काफ्लेले घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटाइएको एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान थालेको जानकारी दिएका छन् ।
विगत दुई वर्षदेखी सो गाउँपालिकाको गाउँ सभा हुन नसकेको अवस्थामा गत हप्ता मात्र गाउँ सभा सम्पन्न भएको थियो । सभा सम्पन्न भएपछि डाकिएको कार्यपालिकाको बैठकमा दुबैबीच भएको विवादले उग्ररुप लिएपछि उक्त दुखद घटना भएको हो ।
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
सारांश
- किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच कुटाकुट भएको हो ।
- अध्यक्ष र उपाध्यक्षबीच भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ ।
- कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया