मिटरब्याज पीडितहरु पुनः सडकमा

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
४१ पटक हेरिएको
Shares
मिटरब्याज पीडितहरु पुनः सडकमा

सारांश

  •     मिटरव्याजीको सम्पती छानवीन गर, मिटरव्याजीलाई कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साह र उनको परिवारमाथी कारवाही गर लगायतका नारावाजीका साथ पिडीतहरुले प्रर्दशन गरेका हुन ।
  •       संघर्ष समिती नै बनाएर निरन्तर आन्दोलन गर्दै आएका पिडीतहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
  • प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला अदालत सप्तरीलाई बोर्धाथ समेत दिइएको ज्ञापन पत्रमा कपाली तमसुक, जग्गा धितो तथा व्यक्तिगत चेक राखेर लिइएको चर्काे व्याजदरको ऋणबाट पिडीत भएकाहरुको सुरक्षाका लागी समेत माग गरीएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।

    मिटर व्याज पीडितहरुले पिडक माथी कारवाही तथा आफुहरुको सुरक्षाको माग गर्दै सोमवार सप्तरी सदरमुकाम राजविराजमा पुनः प्रर्दशन गरेका छन् । 
    मिटरव्याजीको सम्पती छानवीन गर, मिटरव्याजीलाई कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साह र उनको परिवारमाथी कारवाही गर लगायतका नारावाजीका साथ पिडीतहरुले प्रर्दशन गरेका हुन । 
    संघर्ष समिती नै बनाएर निरन्तर आन्दोलन गर्दै आएका पिडीतहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन । प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला अदालत सप्तरीलाई बोर्धाथ समेत दिइएको ज्ञापन पत्रमा कपाली तमसुक, जग्गा धितो तथा व्यक्तिगत चेक राखेर लिइएको चर्काे व्याजदरको ऋणबाट पिडीत भएकाहरुको सुरक्षाका लागी समेत माग गरीएको छ । 
    संघर्ष समितीका अध्यक्ष मो.तैयब अलिद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत चर्काे ब्याज तिर्न नसकेर आत्महत्या गर्न समेत बाध्य भएका मिटरव्याज पिडीतहरु विभिन्न समयमा कोभिड १९ का कारणले थप पिडीत भएको भन्दै पिडीतहरुका लागी चासो लिन जनप्रतिनीधी, राजनितीक दल समेतलाई चासो लिन आग्रह गरिएको  छ । 
    संघर्ष समितीका सचिव छेदी पासवानले लामो समय देखी फरार रहेका मिटरव्याजी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर निवासी रामदेव साह र उनका परिवारका केही सदस्यलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएकाले दवाब दिन पनि प्रर्दशन गरिएको बताए । 
    फरार मिटरव्याजी साहलाई अबिलम्ब पक्राउ गर्न र पिडीतलाई न्याय दिलाउन पनि प्रर्दशन गरिएको हो, उनले भने –आफुहरुलाई घरबार विहीन बनाउने मिटरव्याजी साहलाई पक्राउ नगरे सम्म हाम्रो आन्दोलन जारी रहने छ । 
    सप्तरीका सयौं पीडितहरुले साहुकार रामदेव साह सहित उनको परिवारका सदस्य माथी ८ महिना अघि नै प्रहरीमा उजुरी दिएका थिए ।
    प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई ३ महिना अघि पक्राउ गरे पनि रामदेव अझै फरार छन् । 
    ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले न्यायका लागी पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान
४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन मिटर लामो अंजिगर फेला प¥यो
तीन मिटर लामो अंजिगर फेला प¥यो
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?