अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या

राजविराज राजविराज
|
बिहिबार, जेठ १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या

सारांश

  •     धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा शत्रुधन महतोले यस्तो कृत्य गरेको प्रहरीले बताएको छ ।
  • शत्रुधनले शम्भु साहका अढाइ वर्षीय छोरा बालक आर्यनको हत्या गरेको बयान प्रहरीमा दिएको बताइएको छ ।
  •       घटना गएको २४ वैशाखको हो ।

दैनिक समाचारदाता
धनुषा, १६ जेठ । 
    दैवी शक्ति हासिल गर्न र यौनइच्छा जगाउन भन्दै एक झाँक्रीले बालकको ज्यान लिएको घटना सार्वजनिक भएको छ । 
    धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा शत्रुधन महतोले यस्तो कृत्य गरेको प्रहरीले बताएको छ । शत्रुधनले शम्भु साहका अढाइ वर्षीय छोरा बालक आर्यनको हत्या गरेको बयान प्रहरीमा दिएको बताइएको छ । 
    घटना गएको २४ वैशाखको हो । अघिल्लो दिन हराएका बालक आर्यन अर्को दिन घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए । सामान्य परिवारका आर्यनको हत्याको कारण पत्ता लगाउँदै जाँदा झाँक्रीले मरेको यौन इच्छा जगाउन र दैवी शक्ति प्राप्त गर्न बालकको घाँटी रेटेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ । प्रहरीले शत्रुधनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बयानमा महतोले हत्या स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
    महतोको साथबाट प्रहरीले एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोती बरामद गरेको छ । घटनाको जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाइ कार्यालय जनकपुर र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले अनुसन्धान गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडासँग समन्वय गरी कुकुरको टोली समेत मगाइएको थियो ।
    हराएका बालकको हत्यापछि निकै दिनसम्म पनि कुनै प्रमाण फेला नपर्दा अनुसन्धान पेचिलो बन्दै गएको थियो । प्रदेश नम्बर २ प्रहरीका डीआईजी हरि पालले भने, “हत्याको पछाडि अपहरणको कारण देखिएन । किनकी अपरहणकारीले परिवारसँग फिरौती माग्ने लगायतका काम गर्छन् । तर यो घटनामा त्यस्तो केही पाएका थिएनौं । त्यसपछि हामीले अन्य विषयहरु सुक्ष्म रुपमा अध्ययन गर्न थाल्यौं ।”
    अनुसन्धानका क्रममा प्रहरी टोलीले शवकै विश्लेषण गरेर नयाँ जुक्ति निकाल्यो । प्रदेश २ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले भने, ‘‘बालकको घाँटी पछाडिबाट काटिएको थियो ।
    “यस्तो देखेपछि हामीले गाउँका सबै धामीझाँक्रीको विवरण संकलन गरेर अनुसन्धान अगाडि बढायौं । अनुसन्धानकै क्रममा महतोको बयान शंकास्पद हुँदै गयो ।’’ त्यसपछि महतो आफैंले अपराध स्विकारेको खड्काले बताए । बयानमा क्रममा महतोले आफूले अपार दैवीशक्ति पाउन र यौनइच्छा फर्काउनका लागि बालकको ज्यान लिएको स्वीकार गरेको खड्काले जानकारी दिए ।
    “श्रीमती र म विगत दुई वर्षदेखि सँगै सुत्न छाडेका थियौं । मेरो यौनशक्ति मरेको थियो । नरबली दिएपछि झाँक्रीको शक्ति पनि बलियो हुने र मागेको सबैकुरा पुग्ने सुनेको थिएँ । त्यसपछि मैले आर्यनलाई आफ्नो शिकार बनाउने सोचिसकेको थिएँ । त्यही योजनाअनुसार मैले मारेको हुँ,” महतोको बयान उद्धृत गर्दै खड्काले भने । आर्यनको हत्या गरेको समयमा महतोकी श्रीमती र छोरा उपचारका लागि काठमाडौं आएका थिए । त्यही मौकामा मध्यराति महतोले बालकको हत्या गरेको प्रहरीले बताएको छ ।
    मृतक बालकका बुबा भने वैदेशिक रोजगारीको क्रममा मलेसियामा थिए । बालककी आमा रेणु देवी साह घाँस काट्न गएको बेलामा घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घरमा लगेका थिए । हत्यापछि महतोले बालकको शव खेतको झाडीमा फालेका थिए । महतोविरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा मुद्दा प्रक्रिया अगाडि बढाइएको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
बारालाई प्रदेश २ क्रिकेटको उपाधी 
बारालाई प्रदेश २ क्रिकेटको उपाधी