बारालाई प्रदेश २ क्रिकेटको उपाधी 

राजविराज राजविराज
|
बुधबार, पौष २१, २०७८
|
|
२८ पटक हेरिएको
Shares
बारालाई प्रदेश २ क्रिकेटको उपाधी 

सारांश

  •     राजविराजस्थित राजरंगशालामा बुधबार भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
  •       टस जितेर बाराले पहलिो ब्याटिङ गर्दै १ सय २५ रनको योगफल खडा गरेको थियो ।
  • जसमा तिर्थराज दास २३, साहिल पटेल १६, जितेन्द्र यादब १७, रबी साह १४ र आशुतोष पटेल तथा निखिल सिँहले समान १०/१० रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि राजविराजमा भएको प्रदेश २ स्तरिय छनोट प्रतियोगिताको उपाधी बाराले जितेको छ । 
    राजविराजस्थित राजरंगशालामा बुधबार भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो । 
    टस जितेर बाराले पहलिो ब्याटिङ गर्दै १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा तिर्थराज दास २३, साहिल पटेल १६, जितेन्द्र यादब १७, रबी साह १४ र आशुतोष पटेल तथा निखिल सिँहले समान १०/१० रनको योगदान दिएका थिए । बलिंङतर्फ धनुषाका आकाश राय ३, बिकास सुशलिंग र रूपेश यादबले २/२ बिकेट हात पारेका थिए । 
    १ सय २६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको धनुषा २२ दशमलव ५ ओभरमै ९१ रनमा समेटिएको थियो । धनुषाका लागि अकबर अली (अविजित) ३८ र परशुराम यादबले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समयानले दोहोरो अंक पार गर्न सकेनन् । बलिंङतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४, आशुतोष पटेल, जितेन्द्र यादब र कुमार थापाले २/२ बिकेट बाडेका थिए । उक्त फाइनल खेलको म्यान अफ दि म्याच बाराका समीर नेपाल घोषित भए । 
    प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादब, बेस्ट ब्याट्सम्यान सिरहाका म्यान शैलेन्द्र साह तथा सप्तरीका अजय यादब बेस्ट बलर घोषित भए । 
    प्रदेश २ क्रिकेट संघको सहयोगमा क्रिकेट संघ सप्तरीले आयोजना गरेको प्रतियोगितामा बिजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिँह, प्रदेश २ क्रिकेट संघका अध्यक्ष हिरा भगत, प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुलानाथ माझी लगायतले पुरस्कार बितरण गरे । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले गरेका थिए ।
    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटे प्रतियोगिता यही पुस २५ गतेदेखी काठमाडौंमा हुने भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने