सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने

राजविराज राजविराज
|
सोमबार, भाद्र २१, २०७८
|
|
२३ पटक हेरिएको
Shares
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने

सारांश

  •     पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सो घोषणा गर्दै सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
  •     आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको उनले बताए ।
  •     जिल्लाभित्र करीब ९ हजार नयाँ क्रियाशील सदस्यले पार्टीप्रति आस्था राख्दै त्यस बापतको शूल्क समेत तिरिसकेको अवस्थामा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेकोप्रति आपत्ति जनाए ।

दैनिक समाचारदाता
राजविराज, २१ भदौं । 
    नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले १४ औं महाधिवेशनमा प्रदेश नं. २ को सभापति पदमा उम्मेदवारी दिने भएका छन् । 
    पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सो घोषणा गर्दै सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
    आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको उनले बताए ।
    जिल्लाभित्र करीब ९ हजार नयाँ क्रियाशील सदस्यले पार्टीप्रति आस्था राख्दै त्यस बापतको शूल्क समेत तिरिसकेको अवस्थामा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेकोप्रति आपत्ति जनाए । 
    क्रियाशील सदस्यता स्थगन गर्दा चार हजारको संख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएको र मापदण्ड पनि पूरा नभएको सभापति यादवले बताए । जिल्लाका १ सय ६४ मध्ये ९१ वडामा यस्ता समस्या देखिएको बताउँदै सभापति यादवले सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेकोले यसप्रति घोर भत्र्सना गरे । 
    सो पत्रकार सम्मेलनमा तरुण दलका निवर्तमान केन्द्रिय सदस्य तथा २ नं. क्षेत्रका महासमिति सदस्य सनत मण्डल, क्षेत्र नं. २ का सभापति महानन्द यादव, क्षेत्र नं.३ का सभापति भगवती यादव, काँग्रेस सप्तरीका प्रवक्ता प्रभात ललनलगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?